बलात्कार पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
बलात्कार घटनाका पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले न्यायिक प्रक्रियामा सहजीकरण गर्न आर्थिक सहयोग उपलब्ध गराएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही अन्तर्गत लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) की फोकल पर्सन सुष्मिता पोख्रेलको संयुक्त रूपमा पीडित महिलालाई १० हजार रुपियाँ उपलब्ध गराउनु भएको हो । न्यायमा पहुँच विस्तारका लागि सहयोग उपलब्ध गराइएको हो । ६६ वर्षीय महिलालाई ०८१ जेठ ९ गते कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका–२ का ३४ वर्षीय शिवकुमार कुर्मीले बलात्कार गरी घाइते बनाएका थिए । आरोपितलाई प्रहरीले जेठ १० गते गिरफ्तार गर्यो ।
प्रहरीले आरोपितिवरुद्ध ०८१ जेठ ३२ गते सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा जबर्जजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता गर्यो । जिल्ला अदालतको असार २ गतेको इजलासले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठायो ।
जयनारायण पुन
सम्बन्धित इन्सेक गतिविधिहरू
शम्भुनाथमा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक ०८१ असोज २३ गते सम्पन्न भएको छ । आगामी महिनाको योजना…
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदसम्बन्धी समस्या पहिचान कार्यक्रम ०८१…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…