बलात्कार घटनाकी पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
बलात्कार घटनाका पीडित १६ वर्षीया बालिकालाइ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८१ असोज १४ गते आर्थिक सहयोग प्रदान गरेको छ ।
राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशका प्रमुख बुद्धनारायण सहनी र इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले संयुक्तरुपमा पीडितलाई १० हजार रुपियाँ चेक मार्फत हस्तान्तरण गर्नु भयो ।
पीडितलाई विष्णुपुर गाउँपालिका-३ का २३ वर्षीय कृष्ण सदाले ०८० चैत २७ गतेसम्म पटक पटक बलात्कार गरी गर्भवति बनाएको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा साउन ६ गते उजुरी दिएको पीडित बालिकाकी आमाले बताउनु भयो । बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा साउन ६ गते भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर दिपककुमार सिंहले उजुरी दर्तापश्चात आरोपित फरार रहेकोले खोज तलास गरिरहेको बताउनु भयो ।
इन्सेकका मधेस प्रदेश संयोजक राजु पासवानले पीडित बालिका बलात्कार पछि गर्भवती भई ०८१ असोज १२ गते सुत्केरी भई छोरीलाई जन्म दिएको र उनलाई बस्न, खान समस्या भएकोले सुत्केरी स्यहारको लागि आर्थिक सहयोग गरेको बताउनु भयो ।
दुर्गा परियार
सम्बन्धित इन्सेक गतिविधिहरू
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्विनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान कार्यक्रम…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…
मानव अधिकार अवस्थाका विषयमा छलफल कार्यक्रम सम्पन्न
इन्सेक कर्णाली प्रदेश कार्यालयले राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालयसँगको समन्वयमा ०८१ असोज २० गते सल्यान जिल्लाको मानव अधिकार अवस्थाका विषयमा अधिकारर्मी तथा सञ्चारकर्मीसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ…