बलात्कार घटनाका पीडित महिलालाई इन्सेकद्वारा सहयोग प्रदान

  ०८१ साउन २२ गते

बलात्कार घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ साउन २२ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

घोडाघोडी नगरपालिका–१२ बनवर्साकी २५ वर्षीया महिलालाई न्यायिक प्रक्रियामा जान सहज होस भन्ने उद्धेश्यले पीडित महिलालाई आर्थिक सहयोग प्रदान गरिएको हो ।

पीडित एकल महिला भएको र पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा समस्या भएको भन्दै पीडितले मानव अधिकार सहायता कक्षमा निवेदन दिएपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।

पीडित महिलालाई २०८० चैत १२ गते वर्दगोरिया गाउँपालिका—८ राजीपुरका २८ वर्षीय राजेश चौधरीले विवाहको प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडित महिलाले २०८१ वैशाख २४ गते ईलाका प्रहरी कार्यालय, सुखडमा उजुरी दिनुभएको थियो । पीडित महिलाको स्वस्थ्य परीक्षण वैशाख २४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्षमार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले बताउनु भयो ।

मैनामोती चौधरी