बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
अपाङ्गता हुनुभएकी २६ वर्षीया महिलालाई इन्सेकले ०८१ साउन २३ गते आर्थिक सहयोग गरेको छ । पीडित महिलाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत महिलालाई १० हजार रुपियाँ सहयोग गरेको हो ।
पीडित महिलालाई बलात्कार गरेको आरोपमा सन्धिखर्क नगरपालिका-१२, झेडी कल्लाबोटका ६३ वर्षीय गोविन्दप्रसाद बस्याल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ जेठ ३२ गते उजुरी दर्ता भयो । पीडित महिलालाई आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ३२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा फरार आरोपित विरुद्ध थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिपेन्द्र रावलले इन्सेकलाई जानकारी दिनुभयो । पीडितको स्वास्थ्य परीक्षण जेठ ३२ गते अर्घाखाँची अस्पताल, सन्धिखर्कमा भयो ।
कुलबहादुर नेपाली
सम्बन्धित इन्सेक गतिविधिहरू
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…
बलात्कार पीडित बालिकालाई इन्सेकको सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बलात्कार घटनाकी पीडित १५ वर्षीया बालिकालाई पुस २८ गते सुरक्षित गृहमा नै गएर स्याहार सुसार र स्वास्थ्य उपचारका लागि नगद १० हजार रुपियाँ सहयोग…
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि सम्मानित
मानव अधिकार र उपभोक्ता अधिकारको क्षेत्रमा लामो समयसम्म काम गर्दे आउनुभएकी इन्सेक रुपन्देही र प्रतिनिधि रीमा बिसी सम्मानित हुनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशले व्यवसाय र मानव…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
मगुुको खत्याड गाउँपालिका–१ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–४, खोर्के खोलामा बस्दै आउनुभएकी ३५ वर्षीया रपदमकन्या चौलागाईलाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ पुस २६ गते आर्थिक अवस्था कमजोर भइ…