बलपूर्बक बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिपुरण आवश्यक
बलपूर्बक बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परlपुरण आवस्यक रहेको कार्यक्रममा सहभागीले जोड दिएका छन् । इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज द्वन्द्व पीडित समिति बर्दियाको आयोजनामा असोज ५ गते आयोजित कार्यक्रममा बोल्ने सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन् ।
द्वन्द्व पीडित सञ्जाल समिती, राप्ती सोनारी गाउँपालिकाका सदस्य रामरतन थारूले सङ्क्रमणकालिन न्याय सम्बोधन गर्ने सरकारको दायित्व रहेको बताउँदै सत्य, न्याय र परिपुरण पीडितले पाउनु पर्ने बताउनु भयो ।
द्वन्द्व पीडित समिती बर्दियाकी लक्ष्मी खड्काले सङ्क्रमणकालिन न्यायमा पीडितले जसरी न्यायको महसुश गर्ने गरी न्याय दिनुपर्ने धारणा राख्नु भयो । द्वन्द्व पीडित देवीसरा वलीले सरकारले दिने १ लाख रूपियाँ क्षतिपूर्ति पनि नपाएको बताउनु भयो ।
राप्तीसोनारी गाउँपालिका–६का मनबहादुर पुनले सत्य तथ्य सार्बजनिक गर्नु पनि पीडितलाई न्याय दिनु सरह भएको बताउदै दोषीलाई प्रमाणको आधारमा कानुनी कारबाही हुनुपर्ने बताउनु भयो ।
द्वन्द्व पीडित सञ्जाल समिती राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष देबबहादुर डिसीले सत्य थाहापाउने बेपत्ता परिवारको हक भए पनि १७ वर्षसम्म थाहा पाउन नसक्नु सरकारले राष्ट्रिय अन्तराष्ट्रिय, मानव अधिकारका सन्धी, महासन्धी र सर्बोच्च अदालतको आदेश कार्यान्वयन नगरेको आरोप लगाउनु भयो ।
बासगढी नगरपालिकाका पृथ्वी थारूले आफुू यातना पीडित र परिवारको तीन जना सदस्य गुमाएको पीडा पोख्दै सत्य थाहा पाउनु पर्ने धारणा राख्नु भयो ।
राष्ट्रिय मानव अधिकार आयोगकी प्रमुख द्धारीका अधिकारीले सङ्क्रमणकालिन न्यायका लागि आयोगले सिफारिश तथा अध्ययन अनुसन्धान गरी सुझाव दिन तयार रहेको प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा बर्दिया द्वन्द्व पीडित समिती बर्दियाका अध्यक्ष भागीराम चौधरीले न्यायको परिभाषामा स्पष्ट हुनुपर्ने बताउदै पीडितले न्यायलाई महसुश गर्ने गरी न्याय र परिपुण दिनु पर्ने बताउनु भयो ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले संक्रमणकालिन न्यायकालागि इन्सेकले वकालत गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयकी आर्या घिमिरे र एडभोकेशी फोरमका संयोजक बसन्त गौतमले सहजीकरण गरेका थिए ।
लक्ष्मी थारू
सम्बन्धित इन्सेक गतिविधिहरू
लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न राक्सिराङ गाउँपालिका-३, पलासेस्थित सूर्योदय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर १५ गते लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक…
अन्धता विरुद्धको सचेतना मुलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न कालिका नगरपालिका-९, शक्तिखोर स्थित श्री राष्ट्रिय चतुर्मुखी माविको बाल अधिकार समूहले ०८० मङ्सिर १५ गते अन्धता विरुद्धको सचेतना…
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकार सुनिश्चित गर्नुपर्छः सरोकारवालाहरू
पहिचानका आधारमा नागरिकता दिए र उनीहरूको पक्षमा नीति निर्माण गरेमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकार सुनिश्चित हुने सरोकारवालाहरूले बताएका छन् । समावेशी मञ्च नेपालको आयोजना तथा जिल्ला समन्वय समिति र…
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत कालिका नगरपालिकाको प्रशासकीय प्रमुखलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि कालिका नगरपालिकामा गठन भएको मानव अधिकार समूहले कालिका नगरपालिका प्रशासकीय प्रमुखलाई ज्ञापन पत्र…
बाल अधिकार सचेतना समूहद्वारा लैंगिक हिंसा विरूद्धको सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा श्री नेरामावि, भाटनपुर्वा गठित बाल अधिकार सचेतना समूहले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १५ गते लैंगिक हिंसाविरूद्धको सडक नाटक प्रदर्शन गरेको छ…