बजेटमा मानव अधिकारसम्बन्धी कार्यक्रमलाई समावेश गर्न मानव अधिकार समूहको अनुरोध

  ०७८ जेठ २८ गते

मानव अधिकार समूह विनयी त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ मा गाउँपालिकाको बजेटमा मानव अधिकारसम्बन्धी कार्यक्रमलाई समावेश गर्न अनुरोध गरेको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठन गरिएको मानवअधिकार समूह विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष धर्मबहादुर जिसीले गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसीलाई जेठ २७ गते पत्र बुझाउदै नेपालको संविधान र मौलिक हकसम्बन्धी अन्तरक्रिया कार्यक्रम, विद्यालयमा मानव अधिकार शिक्षा कार्यक्रम र बाल विवाहविरुद्धको जनचेतना अभिवृद्धि कार्यक्रम आगामी बजेटमा समावेश गर्न अनुरोध गर्नुभएको हो ।

photo20210611Nawalpur

मानव अधिकार समूह विनयी त्रिवेणीले जेठ २७ गते बैठक बसेर आगामी बजेटमा कार्यक्रमको लागि गाउँपालिकालाई अनुरोध गर्ने निर्णय अनुसार सो पत्र गाउँपालिकालाई दिइएको मानवअधिकार समूह  अध्यक्ष धर्मबहादुर जिसीले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसीले पत्र बुझ्दै समूहले मानव अधिकारसम्बन्धी दिएको सुझावलाई सम्बोधन गर्न आफ्नो तर्फबाट भूमिका निभाउने प्रतिबद्धता जनाउनुभयो ।

तिर्थराज डुम्रे