फोरम थिएटर कार्यशाला सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा फोरम थिएटर कार्यशाला माघ ४ गतेदेखि धनुषाको लालगढमा सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा इन्सेकका निर्देशक तथा मानव अधिकार शिक्षा विभाग प्रमुख मदन पौडेलले मानव अधिकारका सवाललाई विद्यालय स्तरबाट नै बालअधिकार, सामाजिक समस्या, विकृति विसङ्गतीलाई सडक नाटकबाट न्यूनिकरण तथा सामाजिक रुपान्तरण गर्न फोरम थिएटर कार्यशाला आयोजना गरिएको बताउनु भयो । यस कार्यशालामा शिक्षा, स्वास्थ्य, वातावरण र विभेद विरुद्ध लैङ्गिक तथा जातीय विभेदका विकृति विसङ्गती न्यूनिकरण गर्नका लागि क्षमता अभिवृद्धि गरी सुशासन कायम गर्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका बरिष्ठ अधिकृत कृष्ण गौतमले फोरम थिएटर इन्सेकको लागि पहिलो अभ्यास भएको बताउनु भयो । उहाँले स्थानिय स्तरको समस्यालाई पहिचान गरेर स्थानिय भाषामा नै सडक नाटकहरु बनाउने र प्रदर्शन गर्ने उद्देश्य रहेको बताउनु भयो । सडक नाटकबाट समुदायका समस्यालाई न्युनिकरण गर्नका लागि गरिने प्रयास प्रभावकारी हुने भएकाले फोरम थिएटर कार्यशालाको आयोजना गरिएको उहाँले बताउनु भयो । यो फोरम थिएटर सात ओटै प्रदेशमा सञ्चालन गरिएको गौतमले बताउनु भयो ।
इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले फोरम थिएटरमार्फत स्थानीय तह तथा ग्रामिण भेगमा रहेका शिक्षा, स्वास्थ्य, वाताबरण र विभेद विरुद्धको अधिकारलाई अभियानकै रुपमा लैजाने बताउनु भयो । उहाँले विद्यालयमा शिक्षकको अभाव छ, विषयगत शिक्षक छैन, गाउँघरमा बालबालिका अझै विद्यालय जान सकेका छैनन्, कसरी विद्यालयमा सवैको पहुँच गराउन सकिन्छ भन्ने लगायतको सामाजमा सकारात्मक सन्देश प्रवाह हुने खालको जनचेतनामुलक सडक नाटक तयार गरि प्रदर्शन गर्ने उद्देश्यले फोरम थिएटर कार्यशालाले सिकाई प्रदान गर्ने विश्वास व्यक्त गर्नु भयो ।
तीन दिनसम्म चल्ने यस कार्यशालामा मधेस प्रदेश, प्रदेश नं. १, बाग्मती र गण्डकी प्रदेशका आठ जिल्लाका ३२ विद्यालयहरुमा इन्सेकले गठन गरेको बालअधिकार समूहमा आबद्ध विद्यार्थीसहित ४० जनाको सहभागिता रहेको छ ।
दिपेन्द्र प्रसाद सिंह
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…