प्रभावकारी रूपमा कृषि सेवाका काम गर्न निगरानी समूहको ध्यानाकर्षण

इन्सेक कञ्चनपुर र मानव अधिकार निगरानी समूह, वेदकोटले प्रभावकारी रूपमा कृषि सेवाका काम गर्न माग गर्दै माघ २९ गते जिल्ला कृषि कार्यालयको ध्यानाकर्षण गराएका छन् ।

मानव अधिकार निगरानी समूह, वेदकोट र इन्सेक कञ्चनपुरको आयोजनामा वेदकोट नपामा सम्पन्न भएको कृषि सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रममा प्रभावकारी रूपमा कृषि सेवाका काम गर्न सहभागीहरूले जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख मोहनबहादुर चन्दको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा सेवाग्राहीहरूले नियमित कृषि प्रावधिक परिचालन, कृषि कार्यक्रमका बारेमा नियमित प्रचारप्रसार, गरीब कृषकहरूलाई अनुदान वितरण गर्नपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।

जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख मोहनबहादुर चन्दले सेवाग्राहीहरूबाट आएका मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए ।

कोमलनिरञ्जन भाट