प्रदेश स्तरीय समीक्षा तथा जिल्ला प्रतिनिधिहरूसँग बैठक सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा प्रदेश स्तरीय समीक्षा तथा जिल्ला प्रतिनिधिहरूसँगको अन्तरक्रिया कायक्रम असार ३ गते देखि नेपालगञ्जमा सुरू भएको छ ।
कार्यक्रममा इन्सेकद्वारा लुम्बिनी प्रदेशमा सञ्चालित मानव अधिकार शिक्षा कार्यक्रमको प्रभावकारीता र जिल्ला प्रतिनिधिहरूबिच जिल्लाको मानव अधिकारको समग्र अवस्थाका विषयमा समीक्षा गरिएको थियो ।
इन्सेक कार्यकारी निर्देशक विजयराज गौतमले विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको कार्यक्रमको अन्तिम चरणमा भएको बताउँदै कार्यक्रमको प्रभावकारीता, अवसर र चुनौतीका विषयमा समीक्षा गर्न सबै सहजकर्ता र जिल्ला प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो ।
मनव अधिकार प्रलेख तथा पैरवी विभागका प्रमुख श्रीराम बजगाईले पीडितलाई न्यायको पहुँचमा पुर्याउनका लागि जिल्ला प्रतिनिधिहरूले खेलेको भूमिकालाई अभिलेखमा जोड दिनु पर्ने बताउनु भयो ।
मानव अधिकार शिक्षा प्रमुख मदन पौडेलले स्थानीय नागरीकको शिक्षा, स्वास्थ्य, आवास र खाद्यको अधिकारका सवालमा माग दावी गरेका घटनाहरूमा कति सुनवाई भए, अपेक्षा अनरूप नतिजा आयो आएन हाम्रो पैरवीको सफताका विषयमा छलफल गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा व्यवस्थापन प्रमुख सुवेच्छा खडकाले प्रभावकारी र सरल रूपमा अगाडि बढाउनका लागि तीन वर्षमा भएका उपलब्धी, सिकाईहरू कसरी एकत्रित गर्न सकिन्छ सो विषयमा कार्यकमको समीक्षा गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले यस अविधमा सिकाइ भएका र मागदावी गरेका कुराहरुलाई आगामी दिनमा कुन तरिकामा जाने भन्ने विषयमा जिल्ला प्रतिनिधि र सहजकर्ताहरुले सुझाव आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा इन्सेक प्रदेश कार्यलयका कार्यक्रम अधिकृत सरस्वती मल्ल, प्रलेख अधिकृत विनाेद पाण्डे, टेकनाथ आचार्यले सहजिकरण गरेका थिए ।
रीमा बिसी
सम्बन्धित इन्सेक गतिविधिहरू
जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितलाई उचित सेवा प्रदान गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले रुकुम पश्चिम जिल्लामा जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन गरिएको छ । इन्सेकको आयोजनामा असार २०…
अन्नपूर्णलाई बालमैत्री गाउँपालिका बनाउन सरोकारवाला प्रतिबद्ध
अन्नपूर्ण गाउँपालिकामा असार १९ गते सम्पन्न बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखिकरण कार्यक्रममा बालमैत्री गाउँपालिका बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र सामाजिक विकास कार्यालय…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६…