प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वागमती प्रदेश कार्यालयको आयोजनामा ०८१ असार ३१ गते मकवानपुरका मनहरी र राक्सिराङ गाँउपवलिका त्यस्तै चितवनका इच्छाकामना गाउपालिका र कालिका नगरपालिकामा गठन भएका मानव अधिकार समूहका सदस्यहरुको प्रतिनिधित्व हुनेगरि गठन भएको बागमती प्रदेश स्तरीय मानव अधिकार समूह बागमती प्रदेशको बैठक सम्पन्न भयो । कार्यक्रममा सभाअध्यक्ष लगाएत प्रमुख अतिथि, र विभिन्न अतिथिहरुले मानव अधिकार समूहले गरेका कामको बारेमा आआफ्नो मन्तव्य राख्नुभएका थियो ।
यस कार्यक्रमको अध्यक्षयता ग्रहण गर्नुभएका इन्सेक बागमती प्रदेश संयोजक गणेश भन्डारीले मानव अधिकार समूहले पालिकास्तरमा कार्य गर्दै आएको र स्थानीय समस्या तथा आवश्यकताहरु पालिकाहरुले पुरा गर्न नसक्ने अवस्थामा स्थानीय जनताको आवाज प्रदेश सरकारसम्म लानको लागि प्रदेश स्तरीय मानव अधिकार समूहको सञ्जाल गठन भएको बताउनु भयो । उहाँले मध्यवर्ति राष्ट्रिय निकुन्जबाट आएका बन्यजन्तुबाट मनहरी गाउँपालिकामा हुने मानवीय तथा भौतिक क्षति कम गर्न पालिकाको ऐन कानुनले सम्भव नहुनेहुँदा प्रदेश सरकारको ध्यानकर्षण गराउनु परेको र यसमा प्रदेश स्तरीय समूहले काम गरेको स्मरण गर्नु भयो ।
उहाँले स्थानीय जनताले स्तानीय सरकारबाट पाउने सुविधा पाएका छन्की छैन्न त्यो हेर्ने र नपाएको भए स्थानीय सरकारलाई खवरदारि गर्नेकाम मानव अधिकार समूहले गर्नेछ र त्यसलाई प्रदेश स्तरमा यस प्रदेश स्तरीय सञ्जालले लाने र जनताको आवास प्रदेश सरकारमा पु¥याउने अर्को सञ्यन्त्रको रुपमा कार्य गर्दै आएको बताउनु भयो । ।
स्थानीय सरकारमा वुझएका ज्ञापनपत्रका मागहरु (जस्तैे शिक्षा स्वस्थय वातावरण संग संवन्धित) पुरा हुन नसकेमा प्रदेश सरकारसम्म पुराउनको लागि दुई वर्ष अघि यो प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको थियो ।
प्रदेश स्तरीय मानव अधिकार समूहले आफ्ना पालिकामा भएका समस्याहरु (जस्तै फोहोर व्यवस्थापन भएको छ कि छेैन, विद्यालयमा पाठ्य सामग्री विकास केन्द्रले निकालेको पुस्तक अनुुसार पढाइ भएको छ कि छैन, वातावरण विनास, महिला हिंसा न्यूनिकरणका कार्यक्रम आदि) समस्या स्थानीय सरकारले सम्वोधन गर्न नसके प्रदेश सरकार समक्ष पु¥यााउन पहल गरिरहेको कुरामा आफू विस्वथ रहेको वताउनृभयो । साथै उहाँले बागमती प्रदेश र गण्डकी प्रदेशका मानव अधिकार समूहको अनुभव आदान प्रदानले मानव अधिकार समूहका सदस्यहरुमा थप उर्जा मिलेको बताउनु भयो ।
तेस्तै मनहरी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष नारायण उप्रेतिले समाजमा आवद्ध भएर जुन समाजमा मानव अधिकारका कुरा गरिन्छ त्यो समाज लोकतन्त्रमा प्रतिवद्ध हुन्छ । हरेक नागरीकलाई सरकार मेरो अभिभावक हो भन्ने महसुस भएमा मात्र हामीहरुले मानव अधिकार मैत्री समाज निर्माण गर्नसक्छौ । सरकारले लागु गरेका कार्यक्रमहरुलाई कसरी कार्यान्वयनमा ल्याउने भन्ने कार्य मानव अधिकार समूहले खबरदारी गरे हामीले गर्न काम जनतामूखि हुने बताउनु भयो । प्रदेश स्तरीय मानव अधिकार समूहका सदस्य तथा राक्सिराङ गाउँपालिका स्तरीय मानव अधिकार समूहका संयोजक चन्द्रमान प्रजाले आफ्नो पालिकाका विद्यालयहरु प्रयोग भएको सेनेटरी प्याडको गुणस्तरमा समस्या देखिएको बताउनु भयो ।
प्रदेश स्तरीय मानव अधिकार समूहकी संयोजक विमला गोपालीले मानव अधिकार समुहका संयोनक चन्द्रमान प्रजाले मानव अधिकार समूह गठन भएपछि वालुवा उत्खलनवाट वातावरणमा पर्ने नकारात्मक प्रभाव कमभएको छ । तर यहाँ बालविवाह र विद्यालयमा गुणस्तर हिन सेनिटरी प्याड वितरणले गर्दा समस्या आइरहेको छ भन्नेकुरा व्यक्त गर्नुभयो । कालिका नगरपालिकाका मानव अधिकार समूहका सदस्य खिल प्रसद शर्मा ले हामीहरुमा पित्री सत्ताले जरा गाडेको हुदा हाम्रो समाजले महिला हरुलाइ सम्मान दिन सकेको छैन । हाम्रो समाजमा भएको प्रतिकुल वातावरणलाइ सुल्झउनेकाम यस मानव अधिकार समूहले गर्ने छ भन्नेकुरा वताउनुभयो ।
प्रदेश स्तरीय मानव अधिकार समूहका उपसंयोजक खिलप्रसाद शर्माले समुहले आफ्ना हकहीतका लागि सम्वन्धित निकायको ढोका घचघचाउन लागि परेको वताउनुभएको थियो । मानव अधिकार समुह प्रदेशकी सदस्य तथा कालिका नगरपालिका स्तरीयम मानव अधिार समूहका संयोजक निर्मला थापाले महिला हिंसा विरुद्धको अभियानमा पालिकाले सहयोग नगरेको गुनासो गर्नु भयो ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…