प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा वीरेन्द्रनगरमा माघ २६ गते प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न भएको छ ।
बैठकले स्थानीय स्तरमा मानव अधिकार शिक्षा कार्यान्वयन सञ्चालित पालिका तथा समग्र कर्णाली प्रदेशमा शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणमा देखा परेका समस्याहरुको समाधान गर्न कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्क पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउने निणर्य गरेको छ ।
यसै बीच मानव अधिकार समूह कर्णाली प्रदेशका अध्यक्ष पदम सार्कीको अध्यक्षतामा बसेको बैठकबाट इन्द्रा विसीको संयोजकत्वमा ९ सदस्यीय समिति पुर्नगठन गरिएको छ । त्यस्तै, सदस्यमा पदम सार्की, कल्पना पुन मगर, तिलक मस्र्याङ्गी मगर, सुशीला कुमारी योगी, गणेशबहादुर नेपाली, महेशकुमार ज्ञवाली पुष्पा चौलागाईं र चन्द्रा चर्ती मगर चयन भएका छन् ।
इन्सेक कर्णली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले नव निर्मित तथा पुर्नगठित समितिका सदस्यहरुलाई शुभकामना दिनुहुँदै अबको प्रदेश स्तरीय बैठक इन्सेक कर्णाली प्रदेश कार्यालयमा बस्ने वातावरण मिलाउने र सम्बन्धित मन्त्रालयका मन्त्रीहरूलाई भेटेर ज्ञापनपत्र बुझाउने बताउनुभयो ।
उक्त बैठकमा प्रदेश स्तरीय मानव अधिकार समूह सदस्यहरु , इन्सेकका फोकल प्रसन दुर्गा थापा, सहजकर्ता ललिता विश्वकर्मा र कलम नेपालीको समेत सहभागिता रहेको थियो ।
जगतदल जनाला विक
सम्बन्धित इन्सेक गतिविधिहरू
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्विनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान कार्यक्रम…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…
मानव अधिकार अवस्थाका विषयमा छलफल कार्यक्रम सम्पन्न
इन्सेक कर्णाली प्रदेश कार्यालयले राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालयसँगको समन्वयमा ०८१ असोज २० गते सल्यान जिल्लाको मानव अधिकार अवस्थाका विषयमा अधिकारर्मी तथा सञ्चारकर्मीसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ…