प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न

Photo 20240207 Dhanusha 1

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)मधेश प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका-१० स्थित बौवा होटलमा ०८० माघ २४ गते प्रदेश स्तरीय मानव अधिकार समूहको  बैठक सम्पन्न भएको छ ।

स्थानीय स्तरमा शिक्षा, स्वास्थ्यका क्षेत्रमा देखा परेका समस्याहरु, असमानता, हिंसा, विभेद र वातावरणीय ह्रासका सम्बन्धमा स्थानीय निकायका मानव अधिकार समूह मार्फत सूचना तथा तथ्याङ्क सङ्कलन गरी प्रादेशिक मानव अधिकार समूहले सरोकारवाला निकायहरूमा महिनामा एक पटक ध्यानाकर्षण पत्र बुझाउने निणर्य गरेको छ ।

साथै समूहको बैठक आगामी फागुन महिना देखि जेठ महिना सम्म मासिक रुपमा बस्ने र उक्त बैठकहरुमा स्थानिय तहमा गठन गरिएका मानव अधिकार समूहका सदस्यहरुलाई पनि समावेश गराउने निणर्य गरेको छ ।

यसैबीच मानव अधिकार समूह मधेस प्रदेशका उपाध्यक्ष सन्तोष कुमार चौधरीको अध्यक्षतामा बसेको बैठकबाट देवीमाया भट्टराईको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ । उपाध्यक्षमा हरिनारायण दास, सचिव दिवेश कुमार महतो, सहसचिव लक्ष्मीकुमारी महतो, कोषाध्यक्षमा रामचन्द्र मण्डल चयन हुनु भएको छ । त्यस्तै, सदस्यमा रामहृदय महासेठ, अनिता परियार, मोहम्मद मुसा अन्सारी र सरिताकुमारी राई रहेका छन् ।

उक्त बैठकबाट सन्तोष कुमार चौधरीको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको छ । समितिका सदस्यहरूमा बिणा कडारी, केशवराज चौहान, सुनिता लोहनी, पूजा शाह, सुशील कुमार शाह रहेको छ ।

इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवानले नव निर्मित तथा पुनर्गठित समितिका सदस्यहरुलाई शुभकामना दिनुहुँदै अबको प्रदेश स्तरीय बैठक इन्सेक मधेश प्रदेश कार्यालयमा बस्ने वातावरण मिलाउने र सम्बन्धित मन्त्रालयका मन्त्रीहरूलाई भेटेर ज्ञापनपत्र बुझाउने बताउनु भयो । साथै प्रदेश कार्यालयबाट आवश्यक सहयोगको लागि आफू सधै तयार रहेको र स्थानीय तहका नगरप्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतसँगको समन्वय गरी स्थानीय स्तरमा गठन गरिएका मानव अधिकार समूहहरुले कार्य गर्नुपर्ने बताउनु भयो । बैठकको समापन गर्दै एकआपसमा मिलेर सबैजना मानव अधिकारको क्षेत्रमा काम गर्न सल्लाहकार समितिका संयोजक सन्तोष चौधरीले आग्रह गर्नु भयो ।

उक्त बैठकमा धनुषा जिल्लाको बटेश्वर गाउँपालिका, मिथिला नगरपालिका र सप्तरी जिल्लाको शम्भुनाथ र डाक्नेश्वरी नगरपालिकाका मानव अधिकार समुहका सदस्यहरुको सहभागिता थियो रहेको थियो ।

Photo 20240207 Dhanusha 3

Photo 20240207 Dhanusha

सन्ताेष कुमार यादव