प्रदेश स्तरीय मानव अधिकार र बाल अधिकार सचेतनाको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा ०८० असार २८ गते प्रदेश स्तरीय मानव अधिकार र बाल अधिकार सचेतनाको बैठक मनहरीमा सम्पन्न गरेको छ ।
मनहरीमा भएको भेलाले बिमला गोपाली (मकवानपुर) संयोजक र खिलप्रसाद शर्मा (चितवन) सहसंयोजक रहेको पाँच सदस्यीय प्रदेशस्तरीय मानव अधिकार समूह गठन गरेको हो । समूहको सदस्यहरूमा चन्द्रमान प्रजा, सुजाता दमाई र उमेश राई रहेका छन् ।
यसैगरी सोही दिन बसेको बालबालिकाहरूको भेलाले वर्षा थापा (चितवन) सहसंयोजक रहेको ६ सदस्यीय प्रदेशस्तरीय बाल अधिकार समूह गठन गरेको छ । समूहको सदस्यहरूमा लक्ष्मी प्रजा, सजल गौतम, ललिता कोइराला, रुपा गर्तौला र सोनिया स्याङ्ताङ रहेका छन् ।
उक्त बैठकमा मानव अधिकारमैत्री समाज निर्माणका लागि बाल अधिकार समूह र मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, वातावरण र विभेदविरूद्धका हकहरूको संरक्षण र संर्वद्धन गर्दै स्थानीय तहमा मानव अधिकार शिक्षालाई प्रभावकारी बनाउने लक्ष्य राखेको इन्सेक बागमती प्रदेश कार्यालयका संयोजक गणेश भण्डारीले बताउनु भयो ।
स्थानीय स्तरमा मानव अधिकार समूह र बाल अधिकार समूहले पहिचान गरेका तर समाधान हुन नसकेका समस्याहरूलाई प्रदेशस्तरको मानव अधिकार समूह र बाल अधिकार सचेतना समूह मार्फत समाधानका लागी नेतृत्व लिन समूहका पदाधिकारी र सदस्यहरूलाई भण्डारीले अनुरोध गर्नु भयो ।
मानव अधिकार समूहका संयोजक बिमला गोपालीले प्रदेशस्तरमा भएका बालबालिका सवाललाई अभियानका रूपमा अघि बढाउन प्रदेशस्तरीय बालअधिकार सञ्जालनको गठन गरिएको बताउनु भयो ।
बाल अधिकार समूहका विद्यार्थीहरूले आफूहरूले बाल अधिकारसम्बन्धी तथा जातीय विभेद, लैङ्गिक विभेद, बालविवाह, चेलिबेटी बेचबिखन, घरेलु हिंसा जस्ता विषयमा जनचेतनामुलक नाटक प्रस्तुत गरेको र आउँदा दिनहरूमा पनि यस्ता खालका कार्यक्रमहरू गर्ने कुरा व्यक्त गर्नुभयो ।
स्थानीय तहमा रहेका बालबालिका सवाललाई प्रदेशस्तरमा जोड्नका लागि बाल अधिकार सञ्जालको गठन गरिएको मानव अधिकार समूहका सदस्य चन्द्रमान प्रजाले बताउनु भयो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जानकी गाउँपालिकामा गठित स्थानीय तह स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ माघ ११ गते सम्पन्न भएको छ । उक्त बैठकमा विगतमा भएको निर्णयको…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…