प्रदेश स्तरीय मानव अधिकार रक्षक अभिमुखीकरण कार्यक्रम सुरु
यूरोपियन युनियनको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार रक्षकका लागि ०८१ माघ २१ गतेदेखि नेपालगञ्जमा दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।
उक्त कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै मानव अधिकार रक्षकहरूको हक अधिकार तथा सुरक्षामा राज्यको दायित्व रहेकोले तसर्थ मानव अधिकार रक्षकको भूमिका, कामको बारेमा स्पष्ट पार्नका लागि कार्यक्रमको आयोजना गरेको बताउनु भयो । उहाँले विगतका दिनदेखि निष्पक्ष ढङ्गले मानव अधिकारको क्षेत्रमा काम गर्दा मानव अधिकार रक्षकले थुप्रै समस्या चुनौती भोग्नुपरेको बताउनु भयो । उहाँले मानव अधिकार रक्षक विद्येयक २०६८ राष्ट्रिय मानव अधिकार आयोगमा पेश गरेको नेपालको संविधान २०७२ आएपछि सात ओटै प्रदेशमा मानव अधिकार रक्षकहरूको लागि विधयकका लागि प्रयास गर्दै आएको बताउनु भयो ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले मानव अधिकार रक्षकहरूका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था तथा मानव अधिकार रक्षकको विषयमा सुरक्षाको दृष्टिकोण, मानव अधिकार रक्षकले काम गर्दा अपनाउनु पर्ने नीति नियम व्यवहारिकता बारे महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । साथै सावधानी तथा पालना गर्नु पर्ने दायित्व र अधिकारको बारेमा उहाँले बताउनु भएको थियो ।
एडभोकेसी फोरम लुम्बिनी प्रदेश कार्यालयका संयोजक अधिवक्ता बसन्त गौतम, वरिष्ठ अधिवक्ता सुनील श्रेष्ठ र मानव अधिकारकर्मी सरस्वती मल्लले मानव अधिकार रक्षक सम्बन्धी, न्यायमा मानव अधिकार रक्षकको समस्या तथा चुनौतिका विषयमा सहजीकरण गर्नुभएको थियो ।
ध्रुबराज शर्मा
सम्बन्धित इन्सेक गतिविधिहरू
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
छत्रेश्वरी गाउँपालिका–१, काल्चेमा बस्दै आउनुभएकी ३६ वर्षीया सुस्मीता थापालाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ चैत १२ गते आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जानको लागि आर्थिक सहयोग गरेको छ…
घोडाघोडी नगरस्तरीय मानव अधिकार समूहको साधारण सभा सम्पन्न
घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समूहको साधारण सभा ०८१ चैत ११ गते सुख्डमा सम्पन्न भएको छ । नगरस्तरीय मानव अधिकार समूहको प्रथम साधारण सभाबाट मानव अधिकार समूहको अध्यक्षमा आशा परिवार, उपाध्यक्षमा…
सत्य र न्यायको अधिकार सुनिश्चित गर्न द्वन्द्वपीडितको माग
सत्य र न्यायको अधिकार सुनिश्चित गर्न बाँकेका द्वन्द्वपीडित र अधिकारकर्मीहरूले द्वन्द्वपीडित महिला राष्ट्रिय संजालका कोषाध्यक्ष चन्द्रकला उप्रेतीको अध्यक्षतामा सङ्क्रमणकालीन न्यायको पछिल्लो अवस्था, पीडितको न्यायमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया ०८१ चैत…
वातावरण संरक्षणसम्बन्धी सडक नाटक प्रर्दशन
इन्सेकद्वारा गठित सूर्यज्योति प्रगतिशील बाल अधिकार समूह बराहताल गाउँपालिका–७, लामाखालीको आयोजना, बराहताल मानव अधिकार समूह र सूर्यज्योति माध्यामिक विद्यालयको समन्वयमा ०८१ चैत्र १० गते बराहताल गाउँपालिका–७, लामाखालीमा वातावरण संरक्षणसम्बन्धी सडक…
मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार समूहको विगत ६ महिनामा सम्पन्न गरिएका कामको समीक्षा र प्रभावकारी परिचालन गर्ने उद्देश्यले राप्ती सोनारी गाउँपालिका स्तरीय मानव अधिकार समूहको छलफल कार्यक्रम…