प्रदेश स्तरीय बाल अधिकार समूह गठन
इन्सेको लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको अयोजनामा प्रदेश स्तरीय बाल अधिकार समूह गठन पुस २९ गते सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेशका बाँके र कपिलवस्तुका आठ वटा विद्यालयमा गठित बाल अधिकार समूहका पदाधिकारीहरूको सहभागीतामा गठन गरिएको साथै उक्त समुह मार्फत प्रदेश स्तरमा शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक र जातीय विभेदहरूको सवालमा वकालत गर्ने इन्सेक नेपालगञ्जकी कार्यक्रम अधिकृत सरसस्ती मल्लले बताउनु भयो ।
लुम्बिनी प्रदेशका संयोजक भोला महतले गठित बाल अधिकार समूहले बालबालिकाहरू को अधिकार स्थापित गर्न, बालबालिकाहरुका अवाजहरु बाहिर ल्याउन मद्दत पुग्ने बताउनु भयो ।
राजकुमार धोवी संयोजक रहेको समूहमा रोहित प्रजापति सचिव, पिंकी कुर्मी कोषध्यक्ष र सदस्यमा राम नरेश, रिना कहार ,आशाराम यादव,सुहेल खान र निर्मला खड्का सदस्य रहेका छन् ।
लक्ष्मी थारू
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…
गण्डकीमा प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीद्धारा माघ ८ गते पोखरामा प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको छ । कास्कीको मादी गाउँपालिका र माछापुछ्रे गाउँपालिका तथा नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका…