प्रदेश स्तरीय बाल अधिकार सचेतना समूहको बैठक सम्पन्न

  ०८० माघ २९ गते

20240209 Dhanusha 3
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयको आयोजनामा ०८० माघ २६ गते धनुषाकाे लालगढमा प्रदेश स्तरीय बाल अधिकार सचेतना समूहको बैठक सम्पन्न भएको छ।

साे बैठक बाल अधिकार सचेतना समूह मधेस प्रदेशका सचिव जय प्रकाश दासको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकबाट सन्देश शाहको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ। जसमा उपाध्यक्षमा मनिषा कुमारी रजक, कोषाध्यक्ष रञ्जना सिंह, सचिव अभिषेक ठाकुर, सहसचिव सन्तोषी शाह, चयन हुनुभएको छ। साथै सदस्यमा अरुण कुमार शाह, रुपेश कुमार सन्त, रिमा कुमारी सिंह, रञ्जु कुमारी सिंह, धर्मेन्द्र महतो रहेका छन्।

उक्त बैठकमा धनुषा जिल्लाको महेन्द्र माध्यमिक विद्यालय ढल्केवर, जनता माध्यमिक विद्यालय नक्टाझिज, बटेश्वर गाउँपालिकाका शिवशक्ति माध्यमिक विद्यालय बटेश्वर, लक्ष्मी माध्यमिक विद्यालय चित्रपुर र सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिकाबाट राम दियाल माध्यमिक विद्यालय कचन्दहा, श्री जनता माध्यमिक विद्यालय जमुवा, डाकनेश्वरी नगरपालिकाबाट श्री हिरा फेक्नी माध्यमिक विद्यालय बनैला, श्री जनता रामेश्वर मेमोरियल माध्यमिक विद्यालय ब्रमपुरका बालबालिका तथा बाल अधिकार सचेतना समूहका सदस्यहरूको सहभागिता रहेको थियो।

बैठकमा सहभागी भएकाे सप्तरी र धनुषाकाे विभिन्न स्कुलका बालबालिका तथा बाल अधिकार समूहका सदस्यहरु र शिक्षकहरुबीच  शिक्षा, स्वास्थ्य, वातावरण र विभेदीकरणकाे विषयमा छलफल भएकाे थियाे । छलफलकाे क्रममा ती समस्याहरुकाे न्यूनीकरणका लागि बाल अधिकार समूह मार्फत स्थानीय निकाय र प्रादेश स्तरीय शिक्षा, स्वास्थ्यलगायत विभिन्न मन्त्रालयमा ध्यानाकर्षण गराउनुका साथै मागदाबीका लागि ज्ञापन पत्र समेत बुझाउने निर्णय गरिएको छ।

"हाम्रो समाजमा व्याप्त रुपमा देखिएका बालविवाहको, दाइजो प्रथा, घरेलु हिंसा जस्ता मानव अधिकार उल्लंघनका घटनाहरुलाई न्यूनीकरण गर्न ग्रामिन तथा अति विपन्न समुदाय जस्तै मुसहर तथा दलित समुदायहरु बसाेबास गर्ने बस्तिमा सडक नाटक प्रदर्शन गर्नुपर्ने" भन्नुहुँदै "सानासाना बालबालिकाहरूलाई स्कुल पठाउन घरदैलो कार्यक्रकाे माध्यमद्वारा तीनका अभिभावकहरुमा चेतना जगाउने कार्य पनि गर्नु पर्छ" भनि बाल अधिकार सचेतना समूहका बालबालिकाहरुलाई सल्लाह सुझाव इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवानले दिनु भयाे ।

त्यस्तै, कार्यक्रममा अतिथिकाे रुपमा आउनु भएकाे मिथिला नगरपालिकाका उपप्रमुख सुनीता सिंह बुढाथाेकीले इन्सेकद्वारा गठित बाल अधिकार समूहले सडक नाटककाे माध्यमद्वारा जनचेतना फैलाइ समाजमा भएका कुसंस्कार र विकृतिहरुलाई न्यूनीकरण तथा समाज सुदृढिकरणमा  पुर्‍याइरहेको याेगदान प्रशंसनीय रहेकाे बताउनु भयाे । साथै अधिकार र कर्तव्य एकै सिक्काका दुई पाटा रहेकाे बताउनु हुँदै अधिकारकाे खाेजी गर्दा कर्तव्यलाई पनि हामीले बिर्सनु हुँदैन उहाँले बताउनु भयाे ।

आगामी कार्ययोजना प्रदेश स्तरीय बाल अधिकार सचेतना समूहले फागुनदेखि जेष्ठ महिनामा जनचेतनामूलक भिडियो तथा अनलाइन मार्फत आगामी कार्ययोजना अगाडि बढाउने निर्णय गरिएको छ।

20240209 Dhanusha 2 20240209 Dhanusha 1 20240209 Dhanusha

सन्ताेष कुमार यादव