प्रदेश स्तरीय बाल अधिकार सञ्जाल गठन
कर्णाली प्रदेश स्तरीय मानव अधिकार सञ्जालको गठन पुस ३० गते वीरेन्द्रनगरमा गरिएको छ ।
इन्सेक कर्णाली प्रदेशको आयोजनामा दैलेख जिल्लाको दुल्लु नगरपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिका, सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा गठन गरिएको बाल अधिकार समूहको सहभागीतामा प्रदेश स्तरीय ९ सदस्य बाल अधिकार सञ्जाल गठन गरिएको हो ।
बाल अधिकार सञ्जालको संयोजकमा जनज्योति नमुना माध्यमिक विद्यालय बडिचौर का कक्षा ८ मा अध्यनरत छात्र सनिल सिंह सुनार चयन हुनु भएको छ । सदस्यमा सुन्दर नेपाली कम्पोसा लुहार, सुनिता रिमाल, निर्मला खड्का विमला योगी, ओम प्रकाश घर्ति, सरस्वती भण्डारी तथा विष्णु कँडेल चयन हुनुभएको छ ।
बाल अधिकार सञ्जाल प्रदेश का दुइ जिल्ला दैलेखको दुल्लु नगरपालिका र चामुण्डाविन्द्रासैनी नगरपालीका तथा सुर्खेतको बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिका का दुई ओटा बिद्यालय अन्तरगत रहेर सञ्जाल गठन गरिएको इन्सेक कर्णाली प्रदेश फोकल पर्सन दुर्गा थापाले जानकारी दिनु भयो ।
संजाल ले स्थानीय स्तरमा देखिएका बाल अधिकार तथा वातावरण संरक्षण सम्बन्धि बिभिन्न समस्याको पहिचान गरी छलफल गर्ने र प्रदेश सरकारलाइ जवाफ देही बनाउने उदेश्यले संजाल गठन गरिएको उहाँले बताउनु भयो ।
प्रभाकुमारी रावत
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…