प्रदेश सरकार र प्रदेश सभाको सदस्यहरूसँग आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा प्रदेश सरकार र प्रदेश सभाको सदस्यहरूसँग आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी कार्यशाला चैत १९ गते सम्पन्न भएको छ ।
गण्डकी प्रदेश सभाकी उपसभामुख बिनाविनाकुमारी थापाले अहिले सर्वत्र प्रदेश सभामाथि प्रश्न उठिरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो । ‘अहिले नै प्रदेश सभाको औचित्य माथि प्रश्न गर्ने समय होइन । यो तपाईं हामीले बलिदान गरेर ल्याएको व्यवस्था हो । यसलाई मलजल गर्न अझै बाँकी छ,’ उहाँले भन्नुभयो । अब प्रदेश सरकारले बनेका कानुनलाई कार्यान्वय गर्न ध्यान दिनुपर्ने र प्रदेश सभाले अत्यावश्यक कानुन निर्माण गर्न पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले अहिले अर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार पाउन जनता नै जागरुक हुनुपर्ने बताउनुभयो । ‘देशमा अझै यी अधिकार प्राप्त गर्नबाट धेरै नागरिक वञ्चित भएका छन्,’ उहाँले भन्नुभयो । उहाँले अहिलेका राजनीतिक नेतृत्वले जनतामा केही हुने अभिप्रेरणा जगाउनुपर्ने दायित्व रहेको सुनाउनुभयो । ‘धेरै निराशाका कुरा सुनिन्छन् । त्यसलाई सम्बोधन गर्न सरोकारवालाले जनतालाई जागुरुक बनाउनुपर्छ ,साथै जनताले पनि सरोकारवालालाई जागुरुक बनाउन सक्नुपर्छ,’ उहाँले भन्नुभयो । संविधानमा उल्लेखित मौलिक हक मात्र उपलब्ध गराउन सके धेरै समस्याको समाधान हुने उहाँको भनाइ थियो ।
गण्डकी प्रदेश सभाकी कांग्रेस सांसद कल्पना तिवारीले प्रदेश सभाका सीमित स्रोत र साधनमा जनताको ठुलो अपेक्षा हुँदा समस्या आइरहेको बताउनुभयो ।
माओवादी केन्द्रकी प्रदेशसभा प्रमुख सचेतक कुसुम बुढा पुनले अहिले पदासिन व्यक्तिलाई गाली नगरी नहुने भाष्य निर्माण भइरहेको प्रति चित्ता व्यक्त गर्नुभयो । ‘यस्तो भाष्य निर्माण गर्न खोजिएको छ । जुन पदमा पदासिन व्यक्ति छ । त्यो मान्छेलाई गाली नगरी, सुख भोग नै गर्न सक्दैनन् भन्ने जस्तो देखिन्छ,’ उहाँले भन्नुभयो ।
नेकपा एमाले गण्डकी प्रदेश प्रमुख सचेतक गोविन्द्र नेपालीले अझै पनि समाजमा विभेद रहेको बताउनुभयो । उहाँले छुवाछुत सम्बन्धी, बालबालिकासम्बन्धी ऐन त बनेको छ तर, व्यवहारमा लागु गर्न कोही तयार छैन । जबसम्म मानसिकता परिवर्तन हुदैन तब सम्म यस्ता विभेद समाजमा भइराख्ने उहाँको भनाई थियो ।
इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले इन्सेकले निकाल्ने मानव अधिकार वर्ष पुस्तकमा गण्डकीमा पनि मानव अधिकार उल्लंघनका घटना बढ्दै गइरहेको देखाएको जानकारी दिनुभयो । उहाँले दिनप्रतिदिन घरेलु हिंसाका घटना बढ्दै जाँदा मानव अधिकार उल्लंघनका घटना बढेको जानकारी दिनुभयो । यसलाई अनुगमन गर्न राज्यका निकायले सक्रिए भएर काम गर्नुपर्ने र आवश्यक कानुन प्रदेश सभाले बनाउनुपर्नेतर्फ उहाँले जोड दिनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत खिमलाल सुवेदीले मानवअधिकारको बारेमा प्रस्तुतीकरण गनुभएको थियो ।
कार्यक्रममा नीति तथा योजना आयोग गण्डकी प्रदेशकी सदस्य अञ्चला चौधरी, पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी, नौलो बिहानी पोखराकी संयोजक रजनी थकाली, गैसस महासंघ केन्द्रीय सदस्य विजयकुमार प्रधान र गण्डकी अध्यक्ष गोपाल खड्का, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले नागरिक समाज गण्डकीका पूर्व संयोजक विष्णुप्रसाद बराल लगायतले मन्तव्य राख्नुभएको थियो ।
सन्जय रानाभाट
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…