प्रदेशस्तरीय मानव अधिकार समूह सञ्जालको बैठक सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय मानव अधिकार समूह सञ्जालको बैठक भदौ २९ गते धनगढीमा सम्पन्न भरएको छ ।
इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकार समूहले गरेको कामको प्रशंसा गर्दै समूहलाई क्रियाशिल तथा दिगो बनाउन र मानव अधिकार समूहले सामुहिक रुपमा गरेको काम तथा अनुभव सिकाईलाई आदानप्रदान गर्ने उद्देश्यले प्रदेशस्तरीय मानव अधिकार समूह गठन गरेको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘मानव अधिकार समूहहरुलाई काम गर्ने आवश्यक शिप र क्षमताको विकास गर्न इन्सेकले सहयोग गर्ने हो । मानव अधिकार समूह आफै सकृय भई काम गर्नु पर्छ । मानव अधिकार समूहलाई स्थानीय तहमा दर्ता गराई संस्थागत रुपमा अगाडि बढाउन स्थानीय तहसँग सहकार्य गरी काम गर्ने क्षमता बनाउनु पर्छ ।’
सुदूरपश्चिम प्रदेशस्तरीय मानव अधिकार समूह सञ्जालको प्रदेश उपसंयोजक गोविन्द सापकोटाले बेलौरी नगरपालिकामा मानव अधिकार समूह दर्ता गरी स्थानीय तहसँग २ लाख रुपियाँ बजेटमा सम्झौता गरी मानव अधिकारका सवालमा काम गर्ने वातावरण सृजना भएको बताउनु भयो ।
मानव अधिकार समूहका प्रतिनिधि श्यामनाथ रानाले लालझाडी गाउँपालिकामा मानव अधिकार समूह दर्ता गरी ५० हजार रुपियाँ बजेटमा बातावरण संरक्षण, गुणरस्तरीय शिक्षा तथा स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया र बजार अनुगमन गर्ने गरी कार्यक्रमको सम्झौता भएको बताउनु भयो ।
मानव अधिकार समूह सदस्य मानबहादुर चौधरीले कैलारी गाउँपालिकामा विद्यालयको अनुगमन गर्दा देखिएका समस्या तथा त्यसको समाधानका लागि गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाइएको बताउनु भयो ।
मानव अधिकार सञ्जालका सदस्य आशा परियारले घोडाघोडी नगरपालिकामा मानव अधिकार समूहले महिला हिंसाका घटनालाई बाहिर ल्याउन र पीडितलाई न्यायीक समितिमा सिफारिस गर्ने कार्यहरु निरन्तर रुपमा गर्दै आएको बताउनु भयो ।
मानव अधिकार समूह सदस्य नरदिप धामीले गोदावरी नगरपालिकामा संस्था दर्ता गर्ने कानुन अभावका कारण मानव अधिकार समूह दर्ता गर्न समस्या भएको बताउनु भयो ।
मैनामोती चौधरी
सम्बन्धित इन्सेक गतिविधिहरू
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार समूह, निड्स नेपाललगाायतका संघसंस्थाहरुको संयूक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर १७ र १८ गते सडक…
स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
माछापुच्छ्रे गाउँपालिका– ३ घाचोकमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशद्वारा गठित माछापुच्छ्रे मानवअधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० मङ्सिर १८ गते सम्पन्न भएको छ । कार्यक्रममा…
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन
मध्यविन्दुमा रहेको नेपाल लोक सेवा माध्यमिक विद्यालयमा इन्सेकद्वारा गठन भएको बाल अधिकार समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १६ गते विद्यालय परिसरमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो…
मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा कास्की को मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका साथै नवलपुरको देवचुली नगरपालिका र मध्यविन्दु नगरपालिकामा गठित मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक ०८० मङ्सिर १६ गते…
लैगिंक हिंसा विरूद्धको अभियानको अवसरमा मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी सचेतना मूलक सडक नाटक प्रदर्शन
कपिलवस्तु नगरपालिका– ३ स्थित श्री यशोधरा मावि तौलिहवामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूह कपिलवस्तुको आयोजना , कपिलवस्तु नगरपालिका– १ र ३ को वडा कार्यालयको समन्वयमा…