प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन
बाल अधिकारको सवाललाई विद्यालय र स्थानीयस्तरबाट उठानका लागि इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा चैत ४ गते प्रदेशस्तरीय बालअधिकार सञ्जाल गठन गरिएको छ ।
सुनसरी देवानगञ्जका अक्षय यादवको अध्यक्षतामा ११ सदस्यीय प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन गरिएको इन्सेक कोशी प्रदेश कार्यालय कार्यक्रम अधिकृत बाग्मती कट्टेलले बताउनु भयो ।
समितिले सामुदायिक विद्यालयमा गठन गरिएका बाल क्लब, स्थानीय तहमा रहेका बाल अधिकारसमूह लगायतसँग समन्वय र सहकार्य गरी बाल अधिकारका सवालमा अभियान सञ्चालन गर्ने सञ्जालका अध्यक्ष अक्षय यादवले बताउनु भयो ।
समिति गठनका क्रममा सुनसरी देवानगञ्ज गाउँपालिकाका जनता माध्यमिक विद्यालयका शिक्षक राजकुमार मेहता, मोरङको सुनवर्षी नगरपालिका वीरेन्द्र सार्वजनिक माध्यमिक विद्यालयका शिक्षक वासुदेव निरौला, रतुवामाई नगरपालिकाका सरस्वती माध्यमिक विद्यालय कादुपाडाका शिक्षक चित्रदेव कर्ण र सरस्वती माध्यमिक विद्यालय इटहराका शिक्षक विक्रम तामाङको उपस्थिती रहेको थियो ।
प्रदेशस्तरमा भएका बालबालिका सवाललाई अभियानका रूपमा अघि बढाउन प्रदेशस्तरीय बालअधिकार सञ्जालनको गठन गरिएको इन्सेक कोशी प्रदेश कार्यक्रम अधिकृत कट्टलले बताउनु भयो ।
स्थानीय तहमा रहेका बालबालिका सवाललाई प्रदेशस्तरमा जोड्नका लागि बाल अधिकार सञ्जालको गठन गरिएको इन्सेक मोरङ सहजकर्ता रञ्जना अधिकारीले बताउनु भयो ।
सञ्जालको अध्यक्षतामा अक्षय यादव, उपाध्यक्ष नम्रता पोखरेल, सचिव युनिसा कार्की, सहसचिव सृष्टि बानिया र कोषाध्यक्षमा स्नेहा मेहता रहेका छन् ।
समितिको सदस्यहरूमा भूमिका बराल, सन्ध्या चौधरी, जहाँकिर आलम, मधुरता निरौला, आँचल यादव छन् ।
विनोद सुवेदी
सम्बन्धित इन्सेक गतिविधिहरू
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–६ ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध चैत ३ गते ढल्केवरको पूर्वारी चोकमा सडक नाटक…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले मानव अधिकार शिक्षा कार्यक्रमअन्तर्गत धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित श्री जनता माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले सोहि नगरपालिकाको नक्टाझिज–६ (पोखरी महार)…
बाल अधिकार समूहद्धारा सडक नाटक प्रदर्शन
बाल अधिकार समूहले कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकस्थित महेन्द्र मा.वि.मा चैत १ गते सडक नाटक प्रदर्शन गरको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको सहयोगमा ‘शिक्षा र स्वास्थ्यमा…