प्रदेशस्तरीय बाल अधिकार चेतना समूहको बैठक सम्पन्न
सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकार चेतना समूहको बैठक जेठ २६ गते धनगढीमा सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बालबालिकाहरु मानसिक, शारीरिक र सम्बेगात्मक रुपमा कमजोर हुने भएका कारण बाल अधिकार चेतना समूहका पदाधिकारीहरुले सामुहिक रुपमा आफू सचेत भई पढाईसँगै घर, टोल र विद्यालयमा हुने बाल हिंसा, बालश्रम, बालविवाह लगायतका विषयमा सचेतना फैलाउने काम गर्नु पर्ने बताउनु भयो ।
उहाँले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन समेत बाल अधिकार समूहले शिक्षक र अभिभावकलाई प्रेरित गर्नु पर्ने बताउनु भयो ।
डिसिए परियोजनाका संयोजक किरण पौडेलले बाल अधिकार चेतना समूहका पदाधिकारीहरुले विद्यालय तथा समुदायमा देखिएका समस्यालाई पहिचान गरेर समूहमा छलफल गरी सामुहिक रुपमा समाधानको उपाय अपनाउदा सहज हुने बताउनु भयो ।
बाल अधिकार चेतना समूहका प्रदेश अध्यक्ष आरती सेटीले इन्सेकद्वारा सञ्चालित कार्यक्रम वाहेक विद्यालयमा नियमित अतिरिक्त क्रियाकलाप र विद्यालयमा समस्यामा परेरहरुको समस्यालाई समाधान गर्न सहज हुने उद्देश्यले गुनासो पेटिकामा राख्ने व्यवस्था गरेको बताउनु भयो ।
बाल अधिकार चेतना समुहका सदस्य एलिजा चौधरीले बाल अधिकार चेतना समूहको सडक नाटक प्रदर्शनपछि विद्यालय वरिपरी र चौकमा रातिसम्म जाँडरक्सी खाएर हल्ला गर्नेको सङ्ख्यामा कमी आएको बताउनु भयो ।
बाल अधिकार चेतना समूहका उपाध्यक्ष बिमल लामिछानेले विद्यालयमा बाल अधिकार चेतना समूह गठन भइसकेपछि शिक्षकहरुको सहयोगमा वातावरण संरक्षणका लागि नियमित सरसफाई र प्लाष्टिक निषेध गर्न विद्यार्थीहरुलाई डस्विनको प्रयोग गर्न सिकाइरहेको बताउनु भयो ।
बाल अधिकार चेतना समूहका सदस्य अनमीका चौधरीले आफू भन्दा साना कक्षाका भाईबहिनीहरुलाई साबुन पानीले हात धुन सिकाउन धारामा साबुन राखिदिएको र बाल अधिकार चेतना समूह गठन भइसकेपछि विद्यालयमा कक्षा छोडेर भाग्ने विद्यार्थीको सङ्ख्यामा कमी भएको बताउनु भयो ।
बाल अधिकार चेतना समूहका कोषाध्यक्ष निशा सञ्ज्यालले आर्थिक रुपमा बिपन्न मुटु रोगी विद्यार्थीलाई बाल अधिकार चेतना समूहको निर्णय अनुसार आर्थिक रकम संकलन गरेर सहयोग प्रदान गरेको बताउनु भयो ।
मैनामोती चौधरी
सम्बन्धित इन्सेक गतिविधिहरू
वातावरणीय मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डिसिएको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय वातावरणीय मानव अधिकार रक्षक सञ्जालको बैठक असोज १६ गते नेपालगञ्जमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश संयोजक भोला महतले …
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले डब्लुपीडी नेपालको सहयाेगमा मनहरीमा सञ्चालित मानव अधिकार र महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न भएको छ । महिला समूह गठन…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…