प्रदेशस्तरीय कार्यक्रम समीक्षा तथा अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यलय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय कार्यक्रम समीक्षा तथा अन्तरक्रिया गोष्ठी असार ४ गते धनगढीमा सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेशमा सञ्चालित मानव अधिकार शिक्षाको अवस्था, कार्यक्रमको प्रभावकारीता तथा मानव अधिकार अवस्थाका बारेमा सहजकर्ता र जिल्ला प्रतिनिधीहरुसँग वार्षिक समीक्षा तथा अन्तरक्रिया सम्पन्न गरिएको हो ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले कार्यक्रमको उदघाट सत्रमा भर्चुयोल माध्येमबाट विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको मानव अधिकार शिक्षा कार्यक्रमको अन्तिम चरणमा भएकोले कार्यक्रमको प्रभावकारीता, अवसर र चुनौतीका विषयमा गहन रुपमा छलफल तथा समीक्षा गर्न सहजकर्ता र जिल्ला प्रतिनिधिहरूलाई आग्रह गर्नु भयो ।
उहाँले भन्नु भयो— ‘काम गर्ने दौरानमा आइपरेका चुनौती र सिकाई तथा अवसरहरुलाई सहजकर्ता र जिल्ला प्रतिनिधीहरु बीच अनुभव आदान प्रदान हुन आवश्यक छ । यसले इन्सेकको आगामी कार्यक्रम ओजनामा सजिलो बनाउने छ ।’
मानव अधिकार प्रलेख तथा पैरवी विभागका प्रमुख श्रीराम बजगाईले मानव अधिकार प्रलेख तथा पैरवी परियोजना अन्तर्गत रहेका सूचकहरुलाई पुरा गर्न पीडितको न्यायमा पहुँच पुर्याउनका लागि जिल्ला प्रतिनिधिहरूले खेलेको भूमिकालाई अभिलेख गर्न आवश्यक रहेको बताउनु भयो ।
मानव अधिकार शिक्षा विभागका प्रमुख मदन पौडेलले स्थानीय नागरिकको शिक्षा, स्वास्थ्य, आवास र खाद्यको अधिकारका सवालमा मागदावी गरेका घटनाहरूमा कति सुनुवाई भए, अपेक्षा अनुरूप नतिजा आयो आएन र कार्यक्रमले पारेका प्रभाव तथा सफलताका कथाका सन्दर्भमा समीक्षा गोष्ठीमा छलफल गर्न आग्रह गर्नु भयो ।
इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकार शिक्षा र मानव अधिकार प्रलेख तथा पैरवी कार्यक्रम अन्तर्गत तीन वर्षको अवधिमा सम्पन्न गरिएका गतिविध र त्यसले पारेको प्रभावका बारेमा समीक्षा गोष्ठीमा छलफल गरिएको बताउनु भयो ।
असार ३ र ४ गते धनगढीमा आयोजित कार्यक्रम समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाका इन्सेक जिल्ला प्रतिनिधी र मानव अधिकार शिक्षा कार्यक्रम सञ्चालनमा रहेका कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र बैतडी गरी पाँच जिल्लाका सहजकर्ताहरुको सहभागिता रहेको थियो ।
मैनामोती चौधरी
सम्बन्धित इन्सेक गतिविधिहरू
अन्नपूर्णलाई बालमैत्री गाउँपालिका बनाउन सरोकारवाला प्रतिबद्ध
अन्नपूर्ण गाउँपालिकामा असार १९ गते सम्पन्न बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखिकरण कार्यक्रममा बालमैत्री गाउँपालिका बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र सामाजिक विकास कार्यालय…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६…
अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को अर्धवार्षिक पूर्व समीक्षा ०७९ असार १५ गते चरिकोटमा सम्पन्न भयो । इन्सेक प्रतिनिधि उद्धव पोखरेलले सन् २०२३…