पूर्ण सरसफाई अभियान तथा फोहोरमैला व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
‘कपिलवस्तु नगरवासीको सान पूर्ण सरसफाई अभियान’ भन्ने नारा सहित पूर्ण सरसफाई अभियान तथा फोहोरमैला व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ ।
मायाँदेवी बहुउद्देश्यिय महिला सहकारी संस्था लिमिटेड, कपिलवस्तु नगरपालिका–६ गोवरीको आयोजना, कपिलवस्तु नगरपालिका–६ को वडा कार्यालयको आर्थिक सहयोग तथा इन्सेक, मानव अधिकार समूह कपिलवस्तुको समन्वयमा उक्त सचेतना मूलक अभियान गरिएको हो ।
‘गाउँघरमा शौचालय बनावाजाय अपना अपना इज्जत बचवाजाय, खुला दिशा नर्कको भिसा, चर्पिके प्रयोग कराजाय बहुबिटीयाके इज्जत बचावजाय, चर्पी बाहिर दिशा पिसाव गर्नेलाई जरिबाना गरौँ, हाम्रो घरमा चर्पी छ यसमा हामीलाई गर्व छ, सबैले उमालेको पानी पिऔँ, झाडापखालाबाट बचौँ’ भन्ने नारा सहितको र्याली गरिएको थियो ।
यस्तै ‘साबुन पानीको प्रयोग गरौँ, हरेक रोगहरूबाट बचौँ, माक्स लगाऊ कोरोना भगाऊँ, स्वस्थ्य सुखी र समृद्ध घर परिवार देश विकासको आधार’ लगायतका प्लेकार्ड सहित गोवरी चौराहादेखि माइकिङ् र प्लेकार्डसहित निकालिएको र्याली तिलौरा गाउँ हुँदै गोवरीमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा कपिलवस्तु नगरपालिका–६ का वडा अध्यक्ष रामजित कुर्मीले सरसफाई नै मानव जीवनको मुख्य आधार भएको हुँदा वडावासी सम्पूर्ण नागरिकहरूले पूर्ण सरसफाईमा ध्यान दिन आग्रह गर्नु भयो ।
घरमा शौचालय भएका सबैले दिशापिसाव शौचालयमा नै गर्न आग्रह गर्दै शौचालयभन्दा बाहिर खेत सिमाना घोला जाहाँकही अनुगमनको क्रममा दिशा गर्न बसेको फेला परेमा कानुनी कारवाही गरिने अध्यक्ष कुर्मीले बताउनु भयो ।
मायादेवी बहुउद्देश्यिय महिला सहकारी संस्थाका संस्थापक तथा इन्सेक मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले सरसफाईमा सबैले ध्यान दिनुपर्ने र आफ्नो घरदेखि निस्किएको फहोरमैला आआफैँले व्यवस्थापन गर्न सके विभिन्न रोगहरू नलाग्ने भएको हुँदा सरसफाईमा वडावासीहरू एकजुट हुन आग्रह गर्नु भयो ।
सडकमा यत्रतत्र फालिएका प्लाष्टिकलगायतका फोहोरहरू व्यवस्थापन गर्नका लागि सम्बन्धित परिवारका सदस्यलाई भेटगरी परमर्श समेत गरिएको थियो ।
पार्वती आचार्य
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक दुबै अभियान जरुरी: न्यायाधीश लम्साल
जिल्ला न्यायाधीश बलराम लम्सालले जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक अभियान सञ्चालन गर्न सके छिटोछरितो सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ । छुवाछूत मुक्त राष्ट्र घोषणाको १७ औं वार्षिकोत्सवको…
मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा जेठ २१ गते मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र…
जातीय विभेद विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा चन्दननाथ नगरपालिका महिला बालबालिका शाखा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत सरोकारवाला निकायको समन्वयमा जेठ २१ गते र्यालीसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…
जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइयो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित विभिन्न संस्थाको आयोजनामा जेठ २१ गते जिल्लामा १७ औँ राष्ट्रिय जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइएको छ । इन्सेक पाँचथरसहित विभिन्न सरोकारवाला…
वडा स्तरीय मानव अधिकार समूह गठन
माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा जेठ १९ गते वडा स्तरीय मानव अधिकार समूह गठन भएको छ । समूहको अध्यक्षमा शोभा मोहन लम्साल, उपाध्यक्षमा लक्ष्मी लम्साल, सचिवमा राजाराम पौडेल र कोषाध्यक्षमा नवीन कुमार…