पुनःनिर्माणका प्राविधिक गाउँमा नबसेको भूकम्प पीडितहरूको गुनासो
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले स्थायी आवास निर्माणका लागि लाभग्राहीलाई सहजीकरण र अनुगमनमा खटाएका प्राविधिक र इञ्जिनियरहरू गाउँमा नभएको गुनासो गरेका छन् । इन्सेकले ओखलढुङगामा जेठ २५ गते आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्प पीडितहरूले यस्तो गुनासो गरेका हुन् ।
मानेभञ्ज्याङ गाउँपालिकामा आयोजना गरिएको 'भूकम्पपछिको पुनःनिर्माण र गाउँपालिकाले प्रवाह गरेको सेवा' विषयक सार्वजनिक सुनुवाइमा पीडितहरूले सवाल राख्दै गाउँमा प्राविधिक नबसेको, पशु सेवा कार्यालयले पीडित किसानहरूलाई पशु फार्म निर्माण गर्न दिइने अनुदान गैरपीडितले पाएको लगायतका गुनासा गरे ।
मानेभञ्ज्याङ गाउँपालिका-३ उवूँका शेरबहादुर राईले घर पुरै बनिसक्दा समेत प्राविधिक घर हेर्न नआएको गुनासो गरे । अर्का पीडित यानबहादुर मगरले वडा सचिवको लापरवाहीले अझै ३६ जना पीडितले पहिलो किस्ता रकम नपाएको गुनासो गरे । सम्झौतामा कोड नम्बर उल्टोपाल्टो परेकाले समस्या आएको वडा सचिव राजेन्द्र राजभण्डारीले जनकारी गराए ।
सार्वजनिक सुनुवाइमा गाउँपालिकास्तरका सरकारी कार्यालयका प्रमुख, गैरसरकारी संस्था, पत्रकार, भूकम्प पीडितहरू, राजनीतिक दलसहित ७६ जनाको सहभागिता थियो । कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराई पीडित र सरोकारवालाहरूलाई सवाल राख्न लगाइएको थियो भने सवालको जबाफ, जबाफदेही वक्ताहरूले दिएका थिए ।
शिवप्रसाद ढुङ्गाना
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…
बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार…
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समुह र जनकल्याण माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २१ गते सडक…
मानवअधिकारको पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
गण्डकी प्रदेश सरकार, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशको संयुक्त आयोजनामा मङ्सिर २० गते पोखरामा मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न…