पुतलीबजार नगरपालिकामा समस्या पहिचान तथा कार्ययोजना निर्माण सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुतलीबजार नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकारका सवालमा समस्या पहिचान तथा कार्ययोजना निर्माण असोज ५ गते सम्पन्न भएको छ ।
इन्सेकद्वारा पुतलीबजार नगरपालिकामा गठन गरिएको मानव अधिकार समूहका सदस्यहरूको सहभागिता रहेको उक्त कार्यक्रममा शिक्षाको अधिकारका सवालमा विपन्न समुदायमा इन्टरनेटको पहुँच नभएरअनलाइन कक्षा प्रभावकारी नभएको भनी समस्या पहिचान गरिएको थियो ।
त्यस्तै स्वास्थ्यको सवालमा कोभिड–१९ विरूद्धको खोपमा अनियमितता भएको र सरकारले वितरण गर्ने निःशुल्क औषधिहरूमा कमि आउनुका साथै कति प्रकारका औषधिहरू निःशुल्क पाइन्छ बारे नै अन्यौलता रहेको भनी समस्या पहिचान गरिएको थियो ।
आवासको सवालमा केही सार्वजनिक जग्गामा घरहरू बन्दै गएपछि समस्या हुन थालेको र उक्त विषयमा सरोकारवालाहरूसँग छलफलको आवश्यकता रहेको समूहले पहिचान गरेको थियो ।
कार्यक्रममा समूहका संयोजक तारकबहादुर थापाले दशै नजिकिएको कारण बजार अनुगमन गर्नुपर्ने र सम्पूर्ण मानव अधिकार समूहका सदस्यहरूलाई उचित तालिमको व्यवस्था गर्नुपर्ने बताउनुभएको थियो ।
इन्सेक स्याङजा जिल्ला सहजकर्ता प्रतिक्षा गुरुङले कार्यक्रममा पहिचान गरिएका समस्यालाई समाधान गर्न सम्बन्धित सरोकारवालालाई पेश गरिने बताउनुभयो ।
तिलकुमारी थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन
मध्यविन्दुमा रहेको नेपाल लोक सेवा माध्यमिक विद्यालयमा इन्सेकद्वारा गठन भएको बाल अधिकार समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १६ गते विद्यालय परिसरमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो…
मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा कास्की को मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका साथै नवलपुरको देवचुली नगरपालिका र मध्यविन्दु नगरपालिकामा गठित मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक ०८० मङ्सिर १६ गते…
लैगिंक हिंसा विरूद्धको अभियानको अवसरमा मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी सचेतना मूलक सडक नाटक प्रदर्शन
कपिलवस्तु नगरपालिका– ३ स्थित श्री यशोधरा मावि तौलिहवामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूह कपिलवस्तुको आयोजना , कपिलवस्तु नगरपालिका– १ र ३ को वडा कार्यालयको समन्वयमा…
बालअधिकार समूहको प्रदेशस्तरीय सन्जाल बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित कास्की र नवलपुरका बालअधिकार समूहको प्रदेशस्तरीय सन्जाल बैठक ०८० मङ्सिर १६ गते पोखरामा सम्पन्न भएको छ । बैठकमा बालअधिकार समूहका गण्डकी प्रदेशका अध्यक्ष…
लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न राक्सिराङ गाउँपालिका-३, पलासेस्थित सूर्योदय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर १५ गते लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक…