पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान

  ०८१ कात्तिक २७ गते

बलात्कार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ कात्तिक २७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

धनगढी उपमहानगरपालिका–१ शान्तिटोलकी १२ वर्षीय बालिकालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्धेश्यले पीडित बालिकालाई आर्थिक सहयोग रकम प्रदान गरिएको हो ।

पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै पीडित पक्षले मानव अधिकार सहायता कक्षमा निवेदन दिनु भएको थियो । सोही निवेदको आधारमा इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।

आर्थिक अभावका कारण पीडितले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकरुाज जोशीले बताउनु भयो ।

पीडित बालिकालाई २०८१ असोज २० गते ४५ वर्षीय बुवाले बलात्कार गरेको भन्दै पीडित बालिककी आमाले असोज २८ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिनुभएको थियो ।

पीडित बालिकाको स्वस्थ्य परीक्षण असोज २८ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

मैनामोती चौधरी