पीडितको न्यायमा पहुँच बढाउनु पर्नेमा जोड
पीडितको न्यायमा पहुँच बढाउनु पर्नेमा एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् ।
इन्सेक कर्णाली प्रदेश कार्यालयले माघ २५ गते वीरेन्द्रनगरमा आयोजित पीडितको न्यायमा पहुँच बढाउन अधिकारकर्मी, नागरिक समाज र सञ्चारकर्मीको भूमिका विषयक समन्वयात्मक बैठकका सहभागिहरूले उक्त कुरामा जोड दिएका हुन ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशका प्रमुख लोकनाथ बास्तोलाले मानव अधिकारका सवालमा गर्नुपर्ने काम राज्यभन्दा बढी गैरसरकारी संघ संस्थाले गरेको बताउनुभयो ।
प्रमुख बास्तोलाले मानव अधिकारका विभिन्न सवालमा आयोगले कर्णाली प्रदेशका स्थानीय तहसम्म पुगेको भन्दै त्यसको समाधानका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गरेको बताउनुभयो । कर्णालीमा बाल सुधार गृह, हिंसा पीडित महिला र बालिकाका लागि ‘सेफ’ हाउस जस्ता समस्या रहेको प्रमुख बास्तोलाले बताउनुभयो । त्यसका लागि कर्णाली प्रदेश सरकारसँग समेत विभिन्न समयमा छलफल र पैरवी गरिएको उहाँले बताउनुभयो ।
इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले पीडितको न्यायमा पहुँच पुर्याउन सेवा प्रदायक निकायबीच नियमित रुपमा समन्वय हुनुपर्ने बताउदै उक्त सेवा सहज, सरल र छिटो छरितो हुनुपर्नेमा जोड दिनु भयो ।
कर्णाली प्रदेशमा पछिल्लो समयमा हाडनाताकरणीका घटना बढेको बताउँदै संयोजक सुवेदीले कानुनको कडाईका साथ पालना नहुँदा र जिम्मेवार निकाय जवाफदेही नहुँदा मानव अधिकारको अवस्थामा सुधान आउन नसकेको बताउनु भयो ।
उच्च अदालत बार एसोसियशनका अध्यक्ष दुर्गाप्रसाद सापकोटाले पीडित मैत्री कानुन भएपनि पीडितहरू त्यहाँसम्म पुग्न नसकेको बताउनुभयो । उहाँले यस्ता विषयमा मानव अधिकार आयोगले चासो देखाउनुपर्नेमा जोड दिनुभयो ।
मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पीताम्बर ढकालले मानव अधिकारको रक्षा र आएका विभिन्न विषयमा काम गरिरहेको बताउँदै अधिकारको क्षेत्रमा काम गर्दा सबै निकायको सहयोगको अपेक्षा गर्नुभयो ।
एड्भोकेसी फोरमका प्रदेश संयोजक राजेन्द्र भारतीले पीडितहरूलाई न्यायमा पहुँच बढाउन सेचतना जगाउनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलल विपन्न परिचय पत्र समयमा नपाउदा ती नागरिक स्वास्थ्य बिमा लगायतका सार्वजनिक सेवा सुविधाबाट वञ्चित हुने गरेको बताउनुभयो ।
अधिवक्ता गिता कोइरालाले पछिल्लो समय महिला तथा बालबालिकामाथि हुने हिंसाको अवस्था दयनीय भएकाले कानुनी प्रक्रियाको ज्ञानका विषयमा सचेतना जगाउन आवश्यक रहेको बताउनुभयो ।
अधिवक्ता शेरबहादुर खत्रीले मानव अधिकारसँग सम्बन्धीत सार्वजनिक चासोका विषयमा समेत मानव अधिकार आयोग लगायतका संघ संस्थाले चासो देखाउनुपर्ने बताउनुभयो ।
राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले अपाङ्गमैत्री संरचनामा सरकारले ध्यान नदिएको गुनासो गर्दै दृष्टिविहिन, ह्विलचियर लगायतका अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक सेवा लिन असहज भएको बताउनुभयो ।
त्यसैगरी गैरसरकारी संस्था महासङ्घ सुर्खेतका अध्यक्ष प्रकाश सारुले मानव अधिकारका सवालमा आ–आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्नुपर्ने औंल्याउनुभयो । मानव अधिकारका लागि महिला एकल महिला समूह सुर्खेतका अध्यक्ष ममता नगालले हिंसामा परेका महिला र बालबालिकालाई आफुहरूले सहयोगगर्दै आएको बताउनुभयो ।
इन्सेकले सार्वजनिक सरोकारका विषयमा विगतमा विभिन्न समयमा अदालतमा दिएका मुद्दाको अवस्थाका विषयमा समीक्षा गरिएको थियो । आगामी दिनमा प्राकृतिक स्रोत साधन, सडक निर्माण र विकास, वातावरण र विकास, सुर्खेत खानेपानीको समस्या, भूमिहीनको सवाल, ज्येष्ठ नागरिक, अपागंता र विद्यार्थीलाई सार्वजनिक सवारी साधनमा दिने भनिएको सुविधा कार्यान्वयन नभएको लगायतका विषयमा पिआइएल हाल्न सकिने सहभागिहरूले सुझाव दिएका थिए ।
बैठकमा सुन्दर नेपाल, नवकिरण प्लस, फियान नेपाल, रिकभरीङ् नेपाल, टिपिओ नेपाल लगायतका सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
जगतदल जनाला विक
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार अभिलेखः घटना पहिचान, तथ्य सङ्कलन र प्रसार तालिम सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार अभिलेखः घटना पहिचान, तथ्य सङ्कलन र प्रसारसम्बन्धी तालिम ०८१ भदौ २८ गतेबाट नेपालगञ्जमा सुरु भएको छ । उक्त कार्यक्रममा बोल्दै इन्सेकका…
वातावरणको सवालमा स्थानीय सरोकारवालासँग सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
वातावरणको सवालमा स्थानीय सरोकारवालासँग सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । रतुवामाई मानवअधिकार समूह मोरङको आयोजनामा मोरङको इटहरामा भदौ २७ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा रतुवामाई…
मानव अधिकार समूहद्वारा विद्यालयको अनुगमन
माछापुच्छ्रे गाउँपालिकामा इन्सेकले गठन गरेको मानव अधिकार समूहले भदौ २६ गते सोही गाउँपालिकाको महेन्द्र माध्यमिक विद्यालयको अनुगमन गरेको छ । माछापुच्छ्रे गाउँपालिका-४ लाहाचोकमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा मानव अधिकार समूहकी…
स्थानीय तहको समस्या पहिचान तथा कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न
अनौपचारिक सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजना तथा चामुण्डाबिन्द्रासैनी नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा ०८१ भदौ २६ गते स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न भएको…
स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा गठित पञ्चपुरी नगरपालिका स्तरीय मानव अधिकार समूहको समन्वयमा ०८१…