पहुँचयुक्त निर्वाचन प्रणाली बिषयक नीतिगत संवाद कार्यक्रम सम्पन्न
अपाङ्गता स्वाबलम्बन विकास सङ्घ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पोखरामा वैशाख १६ गते अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार सुनिश्चित गर्न र पहुँचयुक्त निर्वाचन प्रणालीको बिकासका निम्ति सम्बन्धित सरोकारवालाहरू बिच नीतिगत संवाद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी निर्वाचन कार्यलयका प्रमुख हुमनाथ पराजुलीले अपाङ्गता भएका व्यक्तिहरूको मतदान गर्ने अधिकारलाई सुनिश्चित गर्ने गरी निर्वाचन र मतदान केन्द्रको तयारी गरिएको बताउनुभयो ।
मतदान केन्द्र सार्वजनिक ठाँउमा राखिएकाले निर्वाचनको दिन अपाङ्गता भएका व्यक्तिहरूलाई मतदान स्थलसम्म पुग्न, सहजताका लागि सवारी पासको व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले चाहेर मात्रै इलेक्ट्रोनिक भोटिङग मेसिनको व्यवस्थापन हुन नसक्ने भन्दै उहाँले राजनीतिक दलको सहमती आवश्यक रहेको भनाई राख्नुभयो ।
अपाङ्गता भएका व्यक्तिलाई मतदानका क्रममा लाइन बस्न नपर्ने गरी व्यवस्थापन गरिएको बताउनुभयो ।
पोखराको मेयर पदका उम्मेदवार धनराज आचार्यले आफूहरू अपाङ्गतामैत्री निर्वाचनको पक्षमा रहेको बताउनुभयो ।
उहाँले आफ्नो जित भएमा महानगरका सवै संर अपाङ्गमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अपाङ्गता भएका व्यक्तिका सवालमा पहिलेको तुलनामा सुधार भएपनि अपेक्षाकृत रूपमा हुन नसकेको उहाँको भनाइ थियो ।
नेकपा एमालेका नेता तेजनारायण अधिकारीले एमालेले सम्पूर्ण अपाङ्गताको हक हितका लागि योजनाहरू लिएर निर्वाचनमा होमिएको दावी गर्नुभयो ।
नेपाली कांग्रेस सहसचिव नवीन सिग्देलले तुलनात्मक रूपमा सुधार भएपनि पर्याप्त रूपमा निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता हुन नसकेको भनाइ राख्नुभयो ।
राप्रपा नेपाल गण्डकी संयोजक सुर्य बास्तोलाले अपाङ्गता भएका व्यक्तिका लागि राज्यले दिने सुबिधा पर्याप्त नभएको भन्दै त्यसलाई परिमार्जन गर्नुपर्ने भनाइ राख्नुभयो ।
राष्ट्रिय मानव अधिकार आयोग गण्डकी अधिकृत मोहन काफ्लेले भौगोलिक अवस्थाका कारण अपाङ्गता भएका व्यक्तिहरूको निर्वाचन प्रक्रियामा सहभागिता न्यून हुने गरेको भन्दै त्यसतर्फ राज्यको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।
महिला मानव अधिकार रक्षक सञ्जाल अध्यक्ष इन्द्र कुमारी शर्माले अपाङ्गता भएका व्यक्तिलाई मतदाताको रूपमा मात्रै नभइ निर्वाचन प्रक्रियामा सहभागीतालाई अर्थपूर्ण रूपमा हेरिनुपर्ने भनाई राख्नुभयो ।
इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले अपाङ्गता भएका व्यक्तिका लागि अघिल्ला निर्वाचनको अनुभवको आधारमा आगामी निर्वाचनमा अपाङ्गता भएका व्यक्ति मैत्री निर्वाचन बनाउन भुमिका खेल्ने बिश्वास व्यक्त गर्नुभयो ।
अपाङ्गता भएका व्यक्तिले सहज रूपमा मतदान प्रक्रियामा सहभागी हुने मात्रै नभइ राजनीतिक दलले अपाङ्गता भएका व्यक्तिको अर्थपुर्ण सहभागीमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।
राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी अध्यक्ष अन्जना केसीले भोट हाल्ने मात्रै राजनीतिक अधिकार नभएको बताउनुभयो । उहाँले निर्वाचन आयोगले अपाङ्गता भएका व्यक्तिहरूको मताधिकारको गोपनियताका विषयमा ध्यान दिनुपर्ने भनाइ राख्नुभयो ।
गैरसरकारी संस्था महासङ्घ गण्डकी उपाध्यक्ष पदम पहारीले अपाङ्गता भएका व्यक्तिहरूलाई मतदान केन्द्रसम्म लैजाने र ल्याउन नागरिक संस्थाको तर्फबाट राजनीतिक दलहरूलाई आग्रह गरिएको बताउनुभयो ।
शिक्षाका लागि राष्ट्रिय अभियान गण्डकी अध्यक्ष इन्दिरा पौडेलले अपाङ्गताका सवाललाई कार्यान्वयन गर्न राजनीतिक दल मात्रै नभइ नागरिक संस्थाहरूको भुमिका पनि प्रभावकारी हुन आवश्यक रहेको बताउनुभयो ।
गैसस कास्की अध्यक्ष डा.बुद्धि बहादुर थापाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि कार्यान्वयन अझै हुन नसकिरहेको भनाइ राख्नुभयो ।
उहाँले अपाङ्गमैत्री मतदाता शिक्षा, मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउन निर्वाचन आयोगलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागी पुष्पराज रिमालले मतदान केन्द्र अझै पनि अपाङ्गमैत्री बन्न नसकेको बताउनुभयो ।
दृष्टिबिहिनहरूले आफैले मत हाल्न सक्ने गरी प्रविधिको विकास गर्नुपर्ने बताउदै साङ्केतिक भाषा नहुँदा मतदान केन्द्रमा मतदान गर्ने बारेमा अन्यौलता हुने उहाँको भनाइ थियो ।
डिडा नेपालका सल्लाहकार हेम गुरूङले निर्वाचन र अपाङ्गता भएका व्यक्तिको अधिकार बारे कार्यपत्र प्रस्तुत गर्दै राज्यले अपाङ्गता भएका व्यक्तिहरूलाई उपेक्षा गर्नु दुर्भाग्यपूर्ण रहेको बताउनुभयो ।
सुशन घिमिरे
सम्बन्धित इन्सेक गतिविधिहरू
आत्मरक्षा विषयक तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा आत्मरक्षा विषयक तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम जेठ १३ गते वीरेन्द्रनगरमा सुरु भएको छ । तालिम उदघाटन सत्रमा कर्णाली प्रदेश…
मानव अधिकार समूह सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको सहकार्य र मानव अधिकार समूह राप्तीसोनारी गाउँपालिकाको आयोजनामा वडा स्तरीय मानव अधिकार समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम जेठ ११ गतेका सम्पन्न…
कास्की जिल्ला स्तरीय बाल सञ्जाल गठन
कास्कीमा जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा वैशाख २१ र २२ गते गरिएको बाल भेलाबाट…
इन्सेकद्वारा गरुडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा गरुडा नगरस्तरीय मानव अधिकार समूहको सहकार्यमा मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम श्रीपुर गरुडामा वैशाख १५ गते सम्पन्न भएको छ । कार्यक्रममा…
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सम्पन्न
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा वैशाख १७ सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा वैशाख १३ गतेदेखि सुरु भएको तालिम वैशाख १७ गते सम्पन्न…