परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा स्थानीय तहमा परियोजना सल्लाहकार समितिको बैठक असार ५ गते सम्पन्न गरिएको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना अन्तर्गत इन्सेक विराटनगरको आयोजनामा स्थानीय तहस्तरीय परियोजना सल्लाहकार समितिको बैठक असार ५ गते सुनसरीको गढी गाउँपाकिलाको औरावनीमा सम्पन्न गरिएको हो ।

Photo20180620Sunsari

शिक्षा विकास तथा समन्वय इकाईका प्रतिनिधि काशीराम चौधरीले इन्सेकको कार्यक्रम राम्रो भएकाले गाउँका सबै विद्यालयहरूमा विस्तार गर्न, गुणस्तरीय शिक्षामा जोड दिन र बाल अधिकार चेतना समूह गठन गरी परिचालन गर्न इन्सेकलाई सुझाव दिए ।

कार्यक्रमको उद्धेश्यबारेमा इन्सेक विराटनगर कार्यालयकी कार्यक्रम अधिकृत बागमती कट्टेलले जानकारी गराएकी थिइन् ।

निगरानी समूहका संयोजक युवराज चौधरीले अहिलेको बर्तमान अस्थामा खाद्य अधिकारलाई सचेतनामार्फ सबै नागरिक तथा गाउँबासीसामु लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा खाद्य सुरक्षाको अवस्था भने नाजुक रहेको सरोकारवालाहरूले बताए । गढी गाउँपालिकाको औरावनीमा आयोजित शिक्षा, स्वास्थ्य विषक परियोजना सल्लाहकार समितिको बैठकमा इनरूवा नगरपालिका-७ (साविक चान्दबेला गाविस) र गढी गाउँपालिका-२ (औरावनी गाविस) का सहभागी तथा सरोकारवालाहरूले जिल्लामा खाद्य सुरक्षाको अवस्था नाजुक रहेकाले सुधारको खाँचो औल्याएका हुन् ।

गरीबि, अशिक्षा र बेरोजगारीको कारण पोषणयुक्त खाद्यान्नको अभाव भएको र खाद्यान्नमा मिसावट तथा विषादीको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर पारेको गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताए । यादवले खाद्यान्न बाली र तरकारी बालीमा अत्याधिक विषादीको प्रयोग बढेकाले खाद्य सुरक्षाको अवस्था नाजुक बन्दै गएको औँल्याएका हुन् ।

यादवले शिक्षा, स्वास्थ्य र खाद्य अधिकानरको कुरा उठान भएपनि त्यसको व्यवस्थापन र गुणस्तरीयतामा सुधार नआएको भन्दै सुधारको लागि गाउँपालिाका लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

गाउँपालिका उपाध्यक्ष राजकुमारी चौधरीले खाद्य सुरक्षाको सुनिश्चितता नभएसम्म कुनै क्षेत्रको विकास हुन नसन्ने भएकाले खाद्य सुरक्षाप्रति आफू गम्भीर रहेको बताइन् ।

गढी गाउँपालिका-२ का वडा अध्यक्ष अरूण चौधरीले अहिलेपनि समाजमा कृषि र पशुपालनमा नकारात्मक होडवाजी चलेकाले त्यसमा गुणस्तर र सकारात्मक प्रतिस्पर्धा आवश्यक रहेको बताए ।

इनरूवा नपा-७ चान्दबेलास्थित नेपाल राष्ट्रिय हरि माविका प्रधानाध्यापक काशिराम चौधरीले पोषणयुक्त खाद्यान्नको अभावले मानव स्वास्थ्यमा असर परेको र त्यसले स्वास्थ्य शिक्षामा समेत समस्या देखिएको बताए ।

जागेश्वर यादव