परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी कार्यक्रम अन्तर्गत परियोजना सल्लाहकार समितिको बैठक भदौ ११ गते घोराहीमा सम्पन्न भयो ।
परियोजना सल्लाहकार समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपालीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । समितिका संयोजक नेपालीले परियोजनालाई परिणाममूखी बनाउन सुझाव दिए ।
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा इन्सेकले गर्ने गतिविधिमा जिल्ला समन्वय समितिको सहयोग रहने भन्दै उनले कार्यक्रमलाई परिणाममूखी बनाउन आग्रह गरेका हुन । सो अवसरमा बोल्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको विषयमा सचेतना फैलाउनु पर्नेमा जोड दिए । उनले गैरसरकारी संस्थाका गतिविधि नागरिक अधिकारको पक्षमा हुनुपर्ने भन्दै उपमहानगरपालिकाका अधिकारमूखी गतिविधिमा टेवा पुर्याउने बताए ।
सो अवसरमा बोल्दै सेवाप्रदायक निकायले इन्सेकका गतिविधिलाई लक्षित वर्गमा पुर्याउँदै सेवाग्राहीको आवश्यकता पूर्तिमा गम्भीर हुने प्रतिवद्धता जनाए । सो अवसरमा इन्सेकका जिल्ला कार्यक्रम सहजकर्ता शालिकराम मुसाफिरले चालु आर्थिक वर्षमा सञ्चालन गरिने कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए ।
सानो स्केलमा रहेको बजेट, कार्यक्रमलाई थप प्रभावकारी बनाउन सम्बन्धित सेवाप्रदायक निकाय, स्थानीय तहको सहयोग आवश्यक पर्ने भन्दै मानव अधिकार निगरानी समूहका पदाधिकारीले आवश्यक सहयोगका लागि जनप्रतिनिधि समक्ष आग्रह गरे ।
बैठकमा घोराही उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष खोपीराम चौधरी, वडा नं. ४ का अध्यक्ष भिमबहादुर सार्की, उप जिल्ला शिक्षा अधिकारी दण्डपाणी घिमिरे, जिल्ला कृषि प्रसार अधिकृत भरतमणी पोख्रेल, जिल्ला पशुसेवा कार्यालयका सुभाष शर्मा, जिल्ला समन्वय समिति गैरसरकारी संस्था समन्वय शाखाका डा. गोविन्द आचार्यलगायतको सहभागिता थियो ।
जयनारायण पुन
सम्बन्धित इन्सेक गतिविधिहरू
लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न राक्सिराङ गाउँपालिका-३, पलासेस्थित सूर्योदय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर १५ गते लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक…
अन्धता विरुद्धको सचेतना मुलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न कालिका नगरपालिका-९, शक्तिखोर स्थित श्री राष्ट्रिय चतुर्मुखी माविको बाल अधिकार समूहले ०८० मङ्सिर १५ गते अन्धता विरुद्धको सचेतना…
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकार सुनिश्चित गर्नुपर्छः सरोकारवालाहरू
पहिचानका आधारमा नागरिकता दिए र उनीहरूको पक्षमा नीति निर्माण गरेमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकार सुनिश्चित हुने सरोकारवालाहरूले बताएका छन् । समावेशी मञ्च नेपालको आयोजना तथा जिल्ला समन्वय समिति र…
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत कालिका नगरपालिकाको प्रशासकीय प्रमुखलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि कालिका नगरपालिकामा गठन भएको मानव अधिकार समूहले कालिका नगरपालिका प्रशासकीय प्रमुखलाई ज्ञापन पत्र…
बाल अधिकार सचेतना समूहद्वारा लैंगिक हिंसा विरूद्धको सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा श्री नेरामावि, भाटनपुर्वा गठित बाल अधिकार सचेतना समूहले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १५ गते लैंगिक हिंसाविरूद्धको सडक नाटक प्रदर्शन गरेको छ…