परियोजनाको जिल्लास्तरीय परामर्श बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको आयोजनामा परियोजनाको जिल्लास्तरीय परामर्श बैठक असार २४ गते नेपाल पत्रकार महासङ्घ पर्साको सभा कक्षमा सम्पन्न भएको छ ।

photo20170708parsa (1)

कार्यक्रममा मानव अधिकार निगरानी समूह मधुवन मथौलका अध्यक्ष दिनेश तिमिल्सिनाले खाद्य, शिक्षा र स्वास्थ्यका क्षेत्रमा सरकारले ग्रामीण तहसम्म उपलब्ध गराएको सेवा सुविधा स्थानीय नागरिकले उपभोग गर्न पाए नपाएको विषयमा आफूहरूले निगरानी गर्ने गरेको बताए ।

जिल्ला मानव अधिकार निगारानी समूह पर्साका अध्यक्ष तवरेज अहमदले स्वास्थ्यको क्षेत्रमा भौतिक संरचनाहरू बनेको तर ती हस्तान्तरण नभएर ग्रामीण बासिन्दाले प्रभावकारी स्वास्थ्य सेवा नपाएको बताए । उनले त्यस्ता संरचना हस्तान्तरणको वातावरण बनाउन समूहले पर्सर्ाा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको बताए ।

photo20170708parsa (2)

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत सचिदानन्द सिंहले अहिले समस्याहरू रहेको स्वीकार गर्दै अब नयाँ संरचनामा गएपछि समस्याहरू हल हुने विश्वास व्यक्त गरे ।

जिल्ला शिक्षा कार्यालय पर्साका स्रोत व्यक्ति नेपालेन्दु साहले शिक्षा क्षेत्रमा राज्यले दिएको सेवालाई प्रभावकारी कार्यान्वयनको लागि सहयोगी भूमिका निर्वाह गरेकोमा इन्सेक र मानव अधिकार निगरानी समूहलाई धन्यवाद दिए ।

के.सी.लामिछाने