पत्रकार र सुरक्षा विषयक मिडिया साझेदारी बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा र नेपाल पत्रकार महासङ्घ कास्कीको संयुक्त आयोजनामा जेठ २६ गते पोखरामा पत्रकार र सुरक्षा विषयक बैठक सम्पन्न भएको छ ।
कास्की, लमजुङ, स्याङ्जा, तनहुँ र गोरखा जिल्लाका पत्रकार सहभागी उक्त बैठकमा पत्रकार बद्रीबिनोद प्रतिकले पत्रकारिता र पत्रकार सुरक्षा बारेको चासो विषयक कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।
बैठकमा बोल्ने वक्ताहरूले पत्रकारहरूमाथि राजनीतिक दबाव हुनु, स्वतन्त्र भएर पत्रकारिता गर्ने व्यक्ति न्यून रहनु, विषयगत ज्ञानको अभाव र एक आपसमा पुर्वाग्रहको भावनालगायत विषयका कारण पत्रकारहरू कहिलेकाहीँ असुरक्षित बन्ने बताए ।
बैठकमा जेठ २ गते प्रहरीले गिरफ्तार गरेका गोरखाका पत्रकार विकास भट्टराईले निर्वाचन विरोधी गतिविधिमा आबद्ध नभएपनि प्रहरीले आफूलाई गिरफ्तार गरेर आठ दि पछि मात्रै रिहा गरेको बताए । गिरफ्तारीका क्रममा शारीरिक र मानसिक यातना नदिएको भएपनि झुठो आरोपमा आफूलाई गिरफ्तार गरिएको भट्टराईले गुनासो गरे ।
यस्तै स्याङ्जाकी पत्रकार प्रतीक्षा काफ्लेले जिल्लामा समाचार लेख्ने भन्दा पनि नलेख्ने पत्रकार धेरै भएको बताइन् । समाचार नलेख्ने तर महासङ्घको सदस्य धेरै भएको बताउँदै काफ्लेले पत्रकार विभिन्न खाले प्रलोभनमा समेत पर्ने सम्भावना धेरै हुँदा पत्रकारलाई पत्रकारबाट नै धेरै चुनौती रहेको बताइन् ।
बैठकमा बोल्दै नेपाल पत्रकार महासङ्घ तनहुँ शाखा उपाध्यक्ष सोनी खनियाले जिल्लामा लागु औषध र ठेक्का पट्टा जस्ता आर्थिक चलखेल हुने स्थानबाट पत्रकारलाई समाचार लेखेका कारण धम्की आउने गरेको बताइन् ।
राष्ट्रिय मानव अधिकार आयोगका पश्चिमाञ्चल क्षेत्रीय कार्यलय, पोखराका निर्देशक नितु गर्तौलाले पत्रकारको पेशागत सुरक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोग सधैँ प्रतिबद्ध रहेको बताइन् । बैठकमा इन्सेक क्षेत्रीय कार्यलय पोखराका संयोजक शिव खकुरेलले पश्चिमाञ्चल क्षेत्रमा पत्रकारको पछिल्लो अवस्था समेटिएको एक सामाग्री प्रस्तुत गरेका थिए ।
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलय पोखरा
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…
बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार…
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समुह र जनकल्याण माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २१ गते सडक…
मानवअधिकारको पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
गण्डकी प्रदेश सरकार, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशको संयुक्त आयोजनामा मङ्सिर २० गते पोखरामा मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न…