पत्रकार र मानव अधिकारकर्मीबिच साझेदारी बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पत्रकार र मानव अधिकारकर्मीहरूको साझेदारी बैठक पुस ६ गते मङ्गलसेनमा सम्पन्न गरिएको छ
मानव अधिकारको क्षेत्रमा काम गर्दा राजनीतिक, पारिवारिकका साथै सामाजिक समस्या रहेको बैठकमा सहभागी पत्रकार र मानव अधिकारकर्मीहरुले बताएका थिए ।
महिला अधिकारकर्मी विन्दु रावलले महिलाको न्यायको लागि लड्दा आफै असुरक्षित रहेको भनाइ राखिन् । जिल्लामा छाउपडी कुरीतिलगायत महिलामाथि हुने सबै प्रकारका हिंसाबाट महिलाहरू पीडित हुनु परेको अर्का महिला अधिकारकर्मी सरिता उपाध्यायको भनाइ छ ।
बैठकमा सहभागी अछाम जिल्लाका पत्रकार र मानव अधिकारकर्मीहरूले आगामी दिनमा सहकार्य गर्दै अघि बढ्नेमा एकमत भएका छन् ।
उक्त साझेदारी बैठकमा इन्सेक केन्द्रीय कार्यालयका वरिष्ठ अधिकृत सुशील चौधरीले नागरिक तथा राजनीतिक, आर्थिक, सांस्कृतिक अधिकार प्राप्तिका लागि अछाम जिल्लामा पत्रकार र मानव अधिकारकर्मीहरूले गर्न सक्ने कामका बारेमा भनाइ राखेका थिए ।
इन्सेक सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक खडकराज जोशीले जानकारी दिँदै आगामी दिनमा पत्रकार र मानव अधिकारकर्मीहरूले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीविरुद्धका मुद्दामा एकताबद्ध भएर अघि बढ्न सुझाव दिए ।
शिवराज ढुङ्गाना
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जानकी गाउँपालिकामा गठित स्थानीय तह स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ माघ ११ गते सम्पन्न भएको छ । उक्त बैठकमा विगतमा भएको निर्णयको…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…