नौकुण्डमा सार्वजनिक सुनुवाइ सम्पन्न

  ०७५ जेठ १६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा नौकुण्ड गाउँपालिकको पार्‍च्याङमा भूकम्प प्रभावितको अवस्थाबारे र्सार्वजनिक सुनुवाइ कार्यक्रम जेठ १५ गते सम्पन्न गरिएको छ ।

photo2018531rasuwa (1)

कार्यक्रममा नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष सिर्जना लामाले पछिल्लो समय सरकारले लगाएको समयसिमापछि आवास निर्माणको कामले गति लिएको बताइन् ।

उनले ८२ प्रतिशत निजी आवास निर्माण भएको र गुनासो रहेका धेरै लाभग्राहीको नाम चाँडै प्रकाशित हुने जानकारी दिइन् ।

photo2018531rasuwa (2)

नौकुण्ड गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत हरिहर कार्कीले भूकम्प प्रभावितको आवास पुनर्निर्माणका लागि सडक सञ्जाल जोड्ने कार्यमा गाउँपालिकाले सक्दो प्रयास गरेको बताए ।

photo2018531rasuwa (4)

कार्यक्रममा धनबहादुर तामाङले आवास निर्माण गर्न काठ नपाएकोले फलाम प्रयोग गर्न बाध्यता भएको बताए । कार्यक्रममा सहभागी भएका धेरैले किस्ता लिन झन्झट भएको बताए ।

नौकुण्ड गाउँपालिका-५ का रामकुमार न्यौपानेले भूकम्पको क्षति रसुवाले बिर्सन नसकेको बताए । अहिले पुनर्निर्माणको कार्यमा काठ अभावले फलाम प्रयोग गर्न परेको तथा नागरिकले राज्यको रकम दुरूपयोग गरेर एक कोठे घर बनाएको समेत बताए ।

photo2018531rasuwa (5)

सामुदायिक बन उपभोक्ता महासङ्घ रसुवाका अध्यक्ष लीलानाथ न्यौपानेले काठ उपलब्ध गराउन नसकेको बताए । उनले तत्कालीन सरकारले उपलब्ध गराउन नसकेका कारण काठ उपलब्ध नभएको बताए । सामुदायिक वनको विधान तथा कार्ययोजना निर्माणमा ध्यान दिन नसकेका कारण पनि समस्या भएको उनले बताए ।

हेमनाथ खतिवडा