नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार १२ गते सल्लेरीमा सम्पन्न गरेको छ ।
सन् २०१९ को जनवरी १ देखि जुन २६ सम्मका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनालाई अभिलेख गरी इन्सेकले सार्वजनिक गरेको हो ।
६ महिनाको अवधिमा जिल्लामा महिला तथा बाल अधिकार अन्तर्गतका पाँच ओटा बलात्कार, एउटा गाली बेइज्जती, राजनीतिक अधिकार अन्र्तगत राज्य पक्षबाट एउटा गिरफ्तारी र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार अन्र्तगत भौतिक संरचनामा क्षति भएको एउटा घटनालाई इन्सेक जिल्ला प्रतिनिधिले सार्वजनिक गरेका छन् ।
समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जिल्लामा मानव अधिकार हनन्का घटनामा न्यूनीकरणका लागि लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए ।
सरकारले गरेको कार्यले मात्रै मानव अधिकार हनन् नभई अन्य पक्षबाट पनि भएका गतिविधिलाई मानव अधिकारको क्षेत्रमा काम गर्ने निकायले ध्यान दिनुपर्नेमा जोड दिए ।
प्रजिअ रानाले न्यायिक समितिमा पनि मानव अधिकारसँग सम्बन्धित मुद्दा आउने भएकाले त्यसलाई समेत इन्सेकले अभिलेखीकरण गर्नु पर्नेमा जोड दिए ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी शालिग्राम शर्माले स्थानीय तहमा भएका घटनालाई अभिलेखीकरण गर्दै त्यसको न्यूनीकरणमा समेत ध्यान दिनुपर्ने सुझाव दिए । उनले प्रहरी सदैव मानव अधिकार रक्षाको लागि सक्रिय रहेको बताए ।
नेपाल मानव अधिकार सङ्गठन सोलुखुम्बुका उपसभापति हिमाल गिरीले जिल्लामा कृयाशिल मानव अधिकार सङ्घसंस्थाहरूले एकअर्कामा समन्वय गरेर मानव शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
महिला मानव अधिकार रक्षक सञ्जाल सोलुखुम्बुकी अध्यक्ष टङ्कीमाया बस्नेतले महिलामाथि हुने ज्यादतीका घटना न्यूनीकरण हुन नसकेको प्रति सबै अधिकारकर्मी गम्भीर हुनुपर्ने बताइन् ।
गैरसरकारी संस्था महासङ्घ सोलुखुम्बुका अध्यक्ष दीपक राजभण्डारीले मानव अधिकारवादी संस्था र सामाजिक न्यायको निम्ति काम गर्ने अन्य सामाजिक संस्थाबीच सहकार्य गरेर गाउँगाउँमा मानव अधिकार सचेतना कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।
भोजराज कार्की
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन
मध्यविन्दुमा रहेको नेपाल लोक सेवा माध्यमिक विद्यालयमा इन्सेकद्वारा गठन भएको बाल अधिकार समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १६ गते विद्यालय परिसरमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो…
मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा कास्की को मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका साथै नवलपुरको देवचुली नगरपालिका र मध्यविन्दु नगरपालिकामा गठित मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक ०८० मङ्सिर १६ गते…
लैगिंक हिंसा विरूद्धको अभियानको अवसरमा मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी सचेतना मूलक सडक नाटक प्रदर्शन
कपिलवस्तु नगरपालिका– ३ स्थित श्री यशोधरा मावि तौलिहवामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूह कपिलवस्तुको आयोजना , कपिलवस्तु नगरपालिका– १ र ३ को वडा कार्यालयको समन्वयमा…
बालअधिकार समूहको प्रदेशस्तरीय सन्जाल बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित कास्की र नवलपुरका बालअधिकार समूहको प्रदेशस्तरीय सन्जाल बैठक ०८० मङ्सिर १६ गते पोखरामा सम्पन्न भएको छ । बैठकमा बालअधिकार समूहका गण्डकी प्रदेशका अध्यक्ष…
लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न राक्सिराङ गाउँपालिका-३, पलासेस्थित सूर्योदय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर १५ गते लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक…