नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतले नेपाल मानव अधिकार वर्ष पुस्तक-२०२० प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार १० गते पर्वतमा सम्पन्न गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर पौडेलले मानव अधिकार उल्लङ्घनमा नागरिकका पनि कमजोरी हुने गरेको बताए
पौडेलले पछिल्लो समयमा मानव अधिकारको संरक्षणमा राज्य जबाफदेही बन्दै आएको भएपनि नागरिकको लापरवाहीका कारण अपराधका घटनामा बृद्धि भएको बताए ।
इन्सेकले प्रकाशन गर्दै आएको मानव अधिकार वर्ष पुस्तक न्यायिक तथा अर्धन्यायिक क्षेत्रहरूका लागि मानव अधिकार घटना सर्वेक्षणमा प्रभावकारी बन्दै आएको बताउँदै उनले शिक्षा, खानेपानी, स्वास्थ्य, खाद्यान्नलगायतका क्षेत्रमा हुने मानव अधिकार हनन्का घटनाहरूलाई पनि जोड दिन सुझाव दिएका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी छवि सुवेदीले मानव अधिकार उल्लङ्घन नैतिक विषय र मानव अधिकारसम्बन्धी अपराध कानुनी विषय भएको बताउँदै राज्य सम्वेदनशील बन्दै आएको बताए ।
कार्यक्रममा इन्सेक पवर्पत जिल्ला प्रतिनिधि सन्तोष थापाले सन् २०१९ जनवरीदेखि हालसम्म गरी ६ महिनाको अवधिमा जिल्लामा अभिलेख गरिएका १४ ओटा घटना प्रस्तुत गरेका थिए ।
जसमध्ये घरेलु हिंसाका चार ओटा, यौन दुर्व्यवहारका चार ओटा, हत्याको एउटा, गिरफ्तारीका दुई ओटा, कुटपिटको एउटा, विष्फोटबाट क्षति एउटा र खाद्य सुरक्षासम्बन्धी एउटा घटना रहेका छन् ।
सन्तोष थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार सहायता कक्ष सवलीकरण छलफल सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सहायता कक्ष सवलीकरण विषयक छलफल कार्यक्रम ०८१ असोज २ गते धनगढीमा सम्पन्नभएको छ । मानव अधिकार सहायता कक्षका प्रदेश संयोजक देबी खनालले…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जान नसकेकी दैलेख गुराँस गाउँपालिका–५, गोगनपानी स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–६, शनिहल लाइनमा बस्दै आउनुभएकी ४२ वर्षीया टिका दमाइलाई ०८१ असोज २ गते…
मानव अधिकार अभिलेख : घटना पहिचान, तथ्य सङ्कलन र प्रसारसम्बन्धी दुई दिवसीय तालिम सुरू
मानव अधिकार अभिलेख : घटना पहिचान, तथ्य सङ्कलन र प्रसारसम्बन्धी दुई दिवसीय तालिम जनकपुरधाममा असोज २ गतेदेखि सुरूआत भएको छ । कार्यक्रमको उद्घाटनका क्रममा इन्सेक अध्यक्ष डाक्टर कुन्दन अर्यालले नागरिक…
हिंसा पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग
नेपालगञ्ज उपमहानगरपालिका–१४ की २१ वर्षीया महिलालाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि ०८१ असोज १ गते १० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । पीडितले आफूलाई घरेलु तथा मानसिक हिंसा, अध्ययन…
मध्यबिन्दु नगरपालिकामा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
मध्यबिन्दु नगरपालिकामा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूहले भदौ ३१ गते स्थानीय तहमा रहेको शिक्षा, स्वास्थ्य,…