नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकले अन्र्तराष्ट्रिय स्तरमा नेपालको मानव अधिकारको अवस्थाको बारेमा जानकारी हुने हुँदा मानव अधिकारको अवस्था सुनिश्चत गराउन सबै लाग्नुपर्ने बताएका छन् ।
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२० का सङ्कलन गरिएका घटनाका सम्बन्धमा बागलुङमा आयोजना गरिएको अर्धवार्षिक समीक्षा कार्याक्रममा बोल्दै प्रजिअ क्षत्रीले यस्तो बताएका हुन् ।
उनले इन्सेककले वर्ष पुस्तक प्रकाशन पूर्व आयोजना गर्नै समीक्षा र त्यसपश्चात प्रकाशित पुस्तकले कार्यक्रमले समाजलाई सुरक्षित हुन, अपराध नियन्त्रण गर्न र हिंसा र गतल क्रियाकलापहरू रोक्नको लागि सहयोग गर्ने समेत बताए ।
क्षेत्रीले समाजमा हुने अपराध, हिंसा र हनन्का घटना नियन्त्रण र न्युनीकरण राज्य र अधिकारकर्मीकोे मात्र दायित्व नभएर समाजका सबै सभ्य नागरिकले दायित्वबोध गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी झविन्द्रप्रसाद भट्टराईले अपराध नियन्त्रण सँगै पीडितलाई न्याय र पीडकलाई कारवाहीको लागि आफूहरू सधैँ सचेत रहेको बताए ।
कार्यक्रममा बोल्दै उच्च अदालत बार एसोसिएशन बागलुङका अध्यक्ष हरी शर्माले सञ्चारकर्मी र मानव अधिकारकर्मीहरू सचेत बन्नुपर्ने बताए ।
उनले पुष्टी भएका घटनाहरूलाई मात्र सम्प्रेषण गर्नुपर्ने भन्दै भविष्यमा पुष्टी हुन नसक्ने घटनाहरू वर्तमानमा सार्वजनिक गरिदिँदा मनोवल कम हुने समेत बताए । उनले मानव अधिकार वर्ष पुस्तक रिसर्चको लागि राम्रो रिफरेन्स भएको भन्दै सबैले एकपटक अध्ययन गर्नुपर्ने बताए ।
कार्यक्रममा इन्सेक बागलुङले नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२० को लागि प्रलेख गरेका ४६ ओटा घटनाहरू सार्वजनिक गरेको छ ।
बागलुङ जिल्लामा प्रलेख गरिएका ४६ ओटा घटनाहरूमा २१ ओटा घरेलु हिंसा, बलात्कार घटनाका सात, बलात्कार प्रयासका नौ ओटा, राजनीतिक अधिकारको एक, राज्यपक्षबाट धाकधम्की र कुटपिट एक, बाल अधिकार एक, जातीय विभेदको एक, बहुविवाहका तीन र महिला अधिकार तथा गोली प्रहार एक ओटा रहेका छन् ।
सिर्जना पन्त
सम्बन्धित इन्सेक गतिविधिहरू
शान्ति दिवसको अवसर अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न
अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा द्वन्द्व प्रभावितहरुसँग अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । ‘शान्तिकालागिकार्यहरु ः विश्वव्यापी लक्ष्यहरुको लागि हाम्रो महत्वकांक्षा’ भन्ने मूल नाराका साथ भदौ ४ गते अनौपचारिक क्षेत्र सेवा…
दुर्गम बस्ती हियाखोलामा बालविवाह विरुद्ध कानुनी सचेतना
तातोपानी गाउँपालिका – ६ हियाखोला गाउँमा बालविवाह विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । इन्सेक, मानवअधिकार रक्षक संजाल जुम्लाको आयोजना तथा ६ नम्बर वडापालिका र कालिका आधारभूत विद्यालय हियाखोलाको समन्वयमा बालविवाह…
रामेछापमा संविधान दिवसको अवसरमा विविध कार्यक्रम
संविधान दिवसको अवसरमा ०८० असोज ३ गते रामेछापमा विविध कार्यक्रम आयोजना गरिएको छ । संविधान दिवसको अवसरमा असोज ३ गते मन्थलीमा र्याली सहितको प्रवचन कार्यक्रम सम्पन्न भएको छ । संविधान…
मानव अधिकार रक्षकका लागि मनोसामाजिक तालिम
मानव अधिकार रक्षकका लागि मनोसामाजिक प्राथमिक उपचार विषयक पुनर्ताजगी तालिम सुर्खेतमा सुरु गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा असोज ३ गतेदेखि सञ्चालन भएको तालिमको उद्घाटन सत्रमा सामाजिक विकास मन्त्रालय…
राष्ट्रिय बाल दिवसमा प्रभातफेरी र हस्ताक्षर सङ्कलन
“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ५९औं राष्ट्रिय बाल दिवस २०८० को अवसरमा सप्तरीको शभ्भुनाथ र डाक्नेश्वरी नगरपालिकामा भदौ २९ गते प्रभातफेरी र हस्ताक्षर सङ्कलन अभियान सम्पन्न…