नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मलङ्गवामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ११ गते सम्पन्न गरिएको छ ।
समिक्षा कार्यक्रम जिल्ला प्रशासन कार्यलय, मलगंवा सर्लाहीको प्रशासकीय अधिकृत हरिकिशोर प्रसाद चन्द्रवंशीको अध्यक्षता, जिल्ला प्रहरी कार्यलय, सर्लाहीको मुदाफाटको इन्सपेक्टर कुन्दन देवको अतिथि तथा राष्ट्रिय दलित आयोगको पुर्व कार्यवाहक अध्यक्ष राधेश्याम पासवानको अतिथीमा शुरुवात गर्दै इन्सेक जिल्ला प्रतिनिधि पचुलाल माझीले सन् २०१८ को यो अवधिसम्म सङ्कलन गरेका ७१ ओटा घटना प्रस्तुत गरेका थिए ।
जसमध्ये बलात्कारका ३४ ओटा, बलात्कार प्रयासका २३ ओटा, हत्याका नौ ओटा, जातीय छुवाछुत तथा भेदभावका पाँच ओटा घटना रहेको थिए ।
प्रतिवेदनमा समेटन नसकेका मानव अधिकार उल्लङ्घनका तीन ओटा घटना नागरिक समाज तथा मानव अधिकारकर्मीहरूले थप गर्न सुझाव दिएका थिए ।
जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत हरिकिशोर प्रसाद चन्द्रवंशीले अपराधको अनुसन्धान गर्ने पहिलो निकाय प्रहरी नै रहेको र त्यस माथि सबैले विश्वास गर्नुपर्ने र केही कमजोरी भए यस्तै कार्यक्रमको आयोजना गरी सच्याउन घच्घच्याउनु पर्ने बताए ।
अपराधिक क्रियाकलापलाई कम गर्न समुदाय स्तरीय चेतनामुलक कार्यक्रम गर्नुपर्ने र अपराधि जो कोही भए पनि उम्कन नदिन र निर्दोषलाई फस्न नदिन सबैले पहल गर्नुपर्ने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कुन्दन देवले बताए ।
महिला तथा बालबालिकाहरू माथि दिनानुदिन बढिरहेको घटनाप्रति दुःख व्यक्त गर्दै यसमा सम्बन्धित निकायले अग्रसर भइ काम गर्नुपर्ने महिला अधिकारकर्मीहरूले बताए ।
पचुलाल माझी
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेहृथुमको आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक तेहृथुम जिल्ला प्रतिनिधिले २०२४ को जनवरीदेखि डिसेम्वर…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ओखलढुङ्गाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर १९ गते सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक…
मानव अधिकार र बाल अधिकारका विषयमा सामाजिक मन्त्रीलाई ध्यानाकर्षण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहले ०८१ मङ्सिर १८ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास…
प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक ०८१ मङ्सिर १७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक…
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकाको न्यायका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १८ गते पीडितकी आमालाई आर्थिक सहयोग प्रदान गरेको छ । चुरे गाउँपालिकाकी १३ वर्षीया पीडित बालिकालाई न्यायिक…