नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
भक्तपुर जिल्लमा २०१८ जनवारीदेखि नोभेम्बरसम्म ११ महिनाको अवधिमा घटना सार्वजनिक गर्दै समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
मङ्सिर ११ गते भक्तपुरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको नेपाल मनव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा घटनाहरू सार्वजनिक गरिएको हो ।
सार्वजनिक तथ्याङ्क अनुसार ११ महिनाको अवधिमा बलात्कारका घटनामा २६ जना पीडित भए । बलात्कार प्रयास तथा यौन दुर्व्यवहारका घटनामा तीन जना महिला र बाल यौन दुर्व्यवहारका कारण एक बालिका पीडित भएकी छन् ।
यो अवधिमा राज्यतर्फबाट दुई जनासहित ६ जनाको हत्या, बहुविवाहको घटनामा नौ जना पीडित भए ।
कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख सरिता कुँवरले धेरै जसो घटनामा लागूपदार्थ सेवनकर्ताको संलग्नता पाइएको बताउँदै गलत सङ्गतले पनि उमेर नपुगेका बालबालिका तथा किशोरकिशोरीहरू दुव्र्यसनमा लाग्ने गरेकाले अपराध बढेको बताइन् ।
सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले महिला हिंसा मात्रै नभई पछिल्लो समयमा पुरूष हिंसा पनि बढ्दै गएको पाइएको बताइन् ।
नगरपालिकाको न्यायिक समितिमा रहेर काम गर्दा लैङ्गिक हिंसा बढेको पाइएको बताउँदै गत फागुनदेखि नगरपालिकामा ६० ओटा मुद्दा आएकोमा २५ ओटा मुद्दा मिलाएर पठाएको र नमिलेको मुद्दा अदालत पठाइएको बताइन् ।
उनले भनिन्–“बलात्कार तथा यौन दुर्व्यवहारका घट्नामा ५२ प्रतिशत छिमेकी, ८ प्रतिशत आफन्त, ३ प्रतिशत साथीहरूबाट भएको पाइएको छ । यसलाई रोक्न कक्षा ८ पढ्नेदेखि १२ सम्म पढ्ने विद्यार्थी र अभिभावकलाई जनचेतना जगाउनु आवश्यक छ ।”
हिंसा र अपराधलाई रोक्न नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्न कार्यक्रम ल्याउने तयारी गरेको बताउँदै उनले अब सामाजिक सङ्घसंस्था, सहकारी, टोलसुधार समितिले जनचेतनामूलक काम गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी रेवतीरमण पोखरेलले भक्तपुरमा पनि बलात्कार भयावह अवस्थामा रहेको बताए । भक्तपुरमा प्रत्येक महिना दुईजना बलात्कारका घटनाबाट पीडित भएको अवस्था रहेको औँल्याए । यस्ता घटना रोक्न प्रहरी मात्रै नभई आमनागरिकले सहयोग गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै गैरसरकारी संस्था महासङ्घ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईले अपराधका घटना महत्वपूर्ण नभई, कारण महत्वपूर्ण भएकाले कारणलाई नियन्त्रण गर्ने बाटोमा जनप्रतिनिधिले सचेतना जगाउने र प्रहरी प्रशासनले कारबाहीको दायरमा ल्याउने काम गर्नुपर्नेमा जोड दिए ।
सामाजिक सञ्जालका कारण र फितलो कारबाही नीतिका कारण अपराधका घटना बढेको बताउदै उनले सहमतिमा सम्बन्ध राख्ने र सहमति बिग्रिएपछि बलात्कारको अभियोग लगाउने प्रवृत्ति बढेको औँल्याए ।
नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले महिला हिंसाका घटना बढ्नु दुर्भाग्य भएको बताउँदै यसलाई रोक्न सबै लाग्नु पर्नेमा जोड दिए ।
सविना केसी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जानकी गाउँपालिकामा गठित स्थानीय तह स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ माघ ११ गते सम्पन्न भएको छ । उक्त बैठकमा विगतमा भएको निर्णयको…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…