नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर ९ गते विदुरमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठले सन् २०१८ को जनवरीदेखि नोभेम्वर महिनासम्मका घटनाहरू प्रस्तुत गरेका थिए ।

३७ ओटा घटनामा सबैभन्दा बढी बलात्कारका घटनाहरू रहेका छन् । जिल्लामा ११ महिनाको अवधिमा १३ ओटा बलात्कारको घटना भएको छ ।

जसमा युवती तीन, बालिका आठ, अपाङ्गता भएका युवती तीन जना बलात्कृत भएका छन् । बलात्कार प्रयासका आठ घटना, बहुवविवाहका ६ घटना, कथित बोक्सी आरोपमा एउटा घटना र मानव बेचबिखन तथा ओसारपसारका दुई घटना, हत्याका पाँच घटना र राजनीतिक आस्थाको आधारमा दुई घटना छन् ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडाले जिल्लामा बलत्कारका घटनाहरूमा बृद्धि हुनु दुःखद् रहेको भन्दै दोषीहरूलाई कानुनी कारवाहीमा ल्याउनको लागि राजनीतिक दलहरूले प्रहरी प्रशासन र न्यायिक निकायलाई सहयोग गर्नु पर्ने बताए । महिलामाथि हुने हिंसा र बलत्कारका घटना बढ्न नदिन सामाजिक रुपमा सचेतनाको पनि खाँचो रहेको सांसद खतिवडाले बताए ।

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ प्रदेश ३ की सदस्य देवकी पौडेलले महिलामाथि हुने हिंसाका घटनाहरूलाई मेलमिलाप गराउने गरिएकोले यस्ता घटनाहरू दोहोरिने गरेको बताइन् ।

नवदीप श्रेष्ठ