नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा
नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम विभिन्न जिल्लामा सम्पन्न गरिएको छ ।
इन्सेक बाजुरा जिल्ला प्रतिनिधि पदमबहादुर सिंहका अनुसार इन्सेकको नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि सङ्कलित घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गरिएको छ ।
जिल्ला प्रतिनिधि सिंहले १ जनवरी ०१७ देखि ६ महिनामा सङ्कलन गरेका घरेलु हिंसाका २२, बलात्कार तथा यौन दुर्व्यवहारका चार ओटा घटना प्रस्तुत गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले नेपाल मानव अधिकार वर्ष पुस्तक जिल्लाको नभई देशकै दस्तावेजको रूपमा पहिचान बनाएको पुस्तकक भएको बताए । बाजुरामा इन्सेकसँग सहकार्यता र सहयोग एक आपसमा भइरहेको बताए ।
घरेलु हिंसा नियन्त्रण तथा सजाय ऐनमा रहेको मेलमिलापसम्बन्धी व्यवस्था अनुसार घरेलु हिंसाका घटनामा मिलापत्रलाई प्राथामिकता दिनुपरेको जिल्ला प्रहरी कार्यलयका डिएसपी दलबहादुर बोगटीले बताएका छन् ।
जिल्लमा प्रहरी र इन्सेकको सहकार्यले गाउँबाट बाहिर आउन नसकेका घटनाहरू बाहिर ल्याउन सहयोग पुगेको बोगटीले बताए ।
इन्सेक पाँचथर जिल्ला प्रतिनिधि मङ्गल बेघाका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक प्रतिनिधि बेघाले २०१७ को जनवरीदेखि जुन १५ सम्मको अवधिमा जिल्लामा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १२ जना पीडित भएको घटना सार्वजनिक गरेका थिए ।
जसमा नागरिक तथा राजनीतिक अधिकार हनन् अन्तर्गत एक जना, बालअधिकारका अन्तर्गत सात र महिला अधिकार हननबाट चारजना पीडित भएको उल्लेख गरिएको छ ।
जिल्ला बार इकाईका सदस्य टिका तिम्सिनाले मानव अधिकारको अवस्था सुधारका लागि राज्यको दायित्व भएको र गैरराज्य पक्षले समुदायलाई सचेतीकरण र राज्यलाई जिम्मेवार बनाउन पहल गर्नुपर्ने बताए ।
महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष विमला ढकालले अर्धवाउर्षिक तथ्याङ्कमा महिला तथा बालबालिकाहरू बढी पीडित देखिएकाले उनीहरूको संरक्षणका लागि राज्य जिम्मेवार हुनु पर्ने आवश्यकता रहेको औँल्याइन् ।
नेपाल मानव अधिकार सङ्गठनका केन्द्रीय सदस्य सूर्यकुमार निरौलाले प्रतिवेदन सत्यतथ्यमा आधारित भएकोले समस्या समाधान गर्न सरोकारवाला सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
इन्सेक ओखलढुङ्गा जिल्ला प्रतिनिधि शिव ढुङ्गानाका अनुसार अर्धवार्षिक समीक्षा कार्यक्रममा सहभागीहरूले गाउँमा सार्वजनिक हुन नसकेका घटनाहरू खोजेर सार्वजनिक गर्न सुझाव दिएका छन् । नेपाल बार एसोसिएसनका सचिव टुकराज निरौलाले मानव अधिकारका घटना अभिलेख गर्नु चुनौतिपूर्ण भए पनि इन्सेकको प्रयास सरहानीय भएको बताए । उनले कतिपय घटना बार एसोसिएसनमा रहेको र कानुनी सहायता समितिबाट समेत समाधान गरिएको जानकारी दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले मौलिक अधिकारहरू मानव अधिकारभित्र पर्ने भए पनि मानव अधिकारका सबै विषय मौलिक अधिकार नहुने र बुझाइमा फरकपन हुने बताए ।
मानव अधिकार हनन् तथा उलङ्घनका घटनाहरूको उजुरी नआएका पनि हुन सक्ने हुँदा खोजेर बाहिर ल्याउन थप प्रयास गर्न पनि उनले सुझाव दिए ।
सन् २०१७ को पाँच महिनाको अवधिमा ओखलढुङ्गामा एक हत्या, एक बलात्कार, दुई बलात्कार प्रयास र आठ घरेलु हिंसाका घटना भएको इन्सेकमा अभिलेख भएको छ ।
इन्सेक बैतडी जिल्ला प्रतिनिधि नरी बडुका अनुसार जिल्लाका सरोकारावालाहरूले मानव अधिकारको रक्षाको लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को ठुलो योगदान रहेको बताएका छन् ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठीमा सहभागी सरोकारवालाहरूले यस्तो बताएका हुन् ।
'घटना सार्वजनिक गरी आरोपित पक्षलाई सचेत गराउने कुरामा इन्सेकको ठुलो योगदान छ ।'-सहायक प्रमुख जिल्ला अधिकारी दिपककुमार आचार्यले भने ।
वर्ष पुस्तकमा अधिकार प्राप्त गरेका सफलताका कथाहरू पनि राख्न नेपाल पत्रकार महासङ्घ बैतडी शाखाका पूर्व उपाध्यक्ष गोकर्ण दयालको सुझाव छ ।
गएको ६ महिनामा २३ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना प्रस्तुत गरिएको थियो । सो अवधिमा एक बालिका र एक महिला गरी दुई जना बलात्कृत भएका छन् भने दुई महिलाको हत्या भएको छ ।
अनलाइन डेस्क
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार तथा वातावरण अधिकार समूहको प्रदेशस्तरी बैठक सम्पन्न
अनौपचारिक क्षत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोनामा मानव अधिकार तथा वातावरण अधिकार समूहकोे प्रदेशस्तरी बैठक ०८१ माघ ३० गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेस…
मानव अधिकार रक्षकको विधेयक तर्जुमासम्बन्धी छलफल
मानव अधिकार रक्षकको विधेयक तर्जुमासम्बन्धी छलफल गरिएको छ । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रालयका प्रतिनिधि, मुख्य न्यायाधीवक्ता, राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र मानव अधिकार रक्षक…
इन्सेक जिल्ला प्रतिनिधि मल्ल सम्मानित
मानव अधिकार र श्रमजीवि पत्रकारको अधिकारका लागि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै इन्सेक जिल्ला प्रतिनिधि कालिबहादुर मल्ललाई प्रेस चौतारी नेपाल कालिकोटले सम्मानित गरेको छ । कालिकोट जिल्लामा बसेर मानव अधिकार रक्षकका…
बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित जनज्योति बाल अधिकार समूह बराहताल गाउँपालिका–५, बड्डीचौरको आयोजना, बराहताल मानव अधिकार समूह, जनज्योती माध्यामिक विद्यालय बराहताल गाउँपालिका–५ बड्डीचौरको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक…
बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण
जानकी गाउँपालिका–४ मा रहेको जानकी माध्यमिक विद्यालयमा इन्सेकले ०८१ माघ २५ गते बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण गरेको छ । उक्त बाल अधिकार समूहले बाल अधिकार सम्बन्धी हाजिरी…