नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को प्रकाशन पूर्व वार्षिक समीक्षा तथा काभ्रेपलाञ्चोक जिल्लामा मानव अधिकार अवस्था विषयक अन्तरक्रिया पुस १६ गते धुलिखेलमा सम्पन्न गरिएको छ ।
पनौती नगरपालिकाकी उपप्रमुख गिता बन्जाराले नेपाल मानव अधिकार वर्ष पुस्तकले समाजमा उल्लेखनीय योगदान दिएको चर्चा गर्दै बाढी पहिरोपछि समाजमा मानसिक समस्या देखिएकाले समुदायको सशक्तिकरण, सचेतना र सामाजिकीकरणमा जोड दिन आग्रह गर्नु भयो । उहाँले जिल्लामा घरेलु हिंसा र सम्बन्ध विच्छेदका घटना बढेको बताउँदै हिंसा र अपराधलाई न्युनिकरण गर्न आवश्यक रहेको थप्नु भयो ।
नेपाल बार एशोसियसनका अध्यक्ष हरिशरण दाहालले आर्थिक मन्दीका कारण समाजमा अनुचित लेनदेनका घटना बढेको र सामाजिक समस्यालाई छलफलका माध्यमबाट समाधान गर्न आवश्यक रहेको उल्लेख गर्नु भयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विनोद न्यौपानेले गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका विषयलाई मेलमिलाप नभएर कार्वाहीको दायरामा लैजानु पर्नेमा जोड दिनु भयो । उहाँले वर्ष पुस्तकको आकार घट्नेगरी समाजमा सचेतनाका काम गर्न आवश्यक रहेको बताउनु भयो ।
मानव अधिकार सञ्जाल काभ्रेपलाञ्चोकका संयोजक भोजराज तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा तिमल्सिनाले समग्र जिल्लाको मानव अधिकार अवस्था उल्लेख गर्दै यस वर्ष मानव बाट वञ्चित भएका १ सय ६९ र घरेलु हिंसाका १ सय ८५ ओटा घटना इन्सेकमा अभिलेख भएको बताउनु भयो ।
बाढीपहिरो, आत्महत्या, बैंकिङ कसुर, अपराध र विपत्तिका घटनाका कारण मानव अधिकारको अवस्थामा कमजोरी आएपनि सचेतनाका माध्यमबाट न्यूनिकरण गर्न उहाँले जोड दिनु भयो । उहाँले घरेलु हिंसाका उजुरीमध्ये १ सय २५ थान मुद्दा मिलापत्र भएपनि ५९ जना निवेदन दिएपछि सम्पर्कमा नआएको बताउनु भयो ।
सुमित्रा आचार्य
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहद्वारा वडालाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशद्वारा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहले कपिलवस्तु नगरपालिकाका-१ का वडा अध्यक्ष जाहिंद खानलाई फाल्गुन १ गते ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार…
बाल अधिकार सचेतना समूहद्वारा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित श्री हिरा फेक्नी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८१ माघ २४ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ ।…
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक चयन
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङलाई सदस्यमा चयन गरिएको छ । सञ्जालको सदस्यमा इन्सेक ताप्लेजुङ, प्रतिनिधि एलिना दियाली चयन हुनु भएको हो । जिल्ला प्रहरी…
अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य होः मुख्य न्यायाधीश भट्टराई
उच्च अदालत सुर्खेतका कामयम मुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले सार्वजनिक सरोकारका विषयमा अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य रहने बताउनुभएको छ । ०८१ माघ ३० गते अनौपचारिक क्षेत्र सेवा…
मानव अधिकार तथा वातावरण अधिकार समूहको प्रदेशस्तरी बैठक सम्पन्न
अनौपचारिक क्षत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोनामा मानव अधिकार तथा वातावरण अधिकार समूहकोे प्रदेशस्तरी बैठक ०८१ माघ ३० गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेस…