नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक सम्पादन भेला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक सम्पादन भेला पुस ९ गतेदेखि पुस १३ गतेसम्म धुलिखेलमा गरिएको छ ।
इन्सेकले ७७ ओटै जिल्लामा अभिलेख गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको तथ्य र सूचना सम्पादन गर्न सम्पादन भेला आयोजना गरिएको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताउनु भयो ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को सम्पादन भेलालाई सम्बोधन गर्दै अध्यक्ष डा. अर्यालले सम्पादन भेलाले प्राप्त सूचना पुष्टि र पुनर्पुष्टि गर्नलाई सहयोग पुर्याएको बताउनु भयो । पुस्तकका लागि आवश्यक गर्ने प्रमाणिक तथ्य र पुनर्पुष्टि आवश्यक रहेको बताउनु भयो ।
उहाँले वर्ष पुस्तकको आलेखलाई विज्ञको सुझाव लिन र तथ्याङ्कको पुष्टि गर्न पनि आवश्यकता रहेको बताउनु भयो । नेपाल मानव अधिकार वर्ष पुस्तकलाई गुणस्तरीय बनाउन उद्दरणको प्रयोग बढाउन सकिने उहाँको धारणा थियो ।
सम्पादन भेलामा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले सम्पादन भेलाबाट नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ लाई आवश्यक सूचना र तथ्यको सम्पादन गरिने बताउनु भयो ।
सुमित्रा आचार्य
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहद्वारा वडालाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशद्वारा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहले कपिलवस्तु नगरपालिकाका-१ का वडा अध्यक्ष जाहिंद खानलाई फाल्गुन १ गते ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार…
बाल अधिकार सचेतना समूहद्वारा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित श्री हिरा फेक्नी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८१ माघ २४ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ ।…
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक चयन
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङलाई सदस्यमा चयन गरिएको छ । सञ्जालको सदस्यमा इन्सेक ताप्लेजुङ, प्रतिनिधि एलिना दियाली चयन हुनु भएको हो । जिल्ला प्रहरी…
अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य होः मुख्य न्यायाधीश भट्टराई
उच्च अदालत सुर्खेतका कामयम मुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले सार्वजनिक सरोकारका विषयमा अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य रहने बताउनुभएको छ । ०८१ माघ ३० गते अनौपचारिक क्षेत्र सेवा…
मानव अधिकार तथा वातावरण अधिकार समूहको प्रदेशस्तरी बैठक सम्पन्न
अनौपचारिक क्षत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोनामा मानव अधिकार तथा वातावरण अधिकार समूहकोे प्रदेशस्तरी बैठक ०८१ माघ ३० गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेस…