नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक पूर्व समीक्षा कार्यक्रम ०८१ पुस ११ गते बाँकेमा सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत भएको थियो । कार्यक्रममा बोल्दै इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले मानव अधिकार उल्लङ्घन तथा ज्याततीका घटनामा महिला तथा बढी बालबालिका पीडित हुने गरेको इन्सेक प्रकाशन गर्ने वर्ष पुस्तकका लागि सङ्कलित घटनाको अभिलेखबाट देखिएको बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले इन्सेकले हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक आफूहरूको गाइडलाइन भएको बताउनु भयो । उहाँले पीडकलाई प्रमाण लिइ मात्र गिरफ्तार गरिनु पर्ने उल्लेख गर्नुभयो । उहाँले अपराध पीडित संरक्षण ऐन, २०७५ कार्यान्वयन गर्न समेत जरुरी भएको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका एसपी तुल बहादुर कार्कीले कारागारमा १२ सय, बालसुधार गृहमा ४ सय, दैनिक हिरासतमा १ सय गरी १७ सय कैदीबन्दी र थुनुवालाई श्रोत साधनको अभावमा व्यवस्थापन गरिरहेको बताउनु भयो । उहाँले बाँकेमा १९ सय जना फरार रहेकोले अनुसन्धान गरिरहेको एसपी कार्कीले बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्ज शाखा कार्यालयका प्रमुख द्वारिका अधिकारीले पीडितको न्यायका लागि आवश्यक ऐन कानुन बनाउने प्रदेश सरकारले समेत सरोकार निकायसँग समन्वय नगर्नाले कानुन कार्यान्वयनमा समस्या देखिएको बताउनु भयो । उहाँले इजालसमा पुगेका कतिपय विषयका बारेमा प्रदेश सरकारले बनाएको कानुन जानकारी न्यायाधीश र वकिलमा नहुँदा यसले न्यायिक प्रकृयालाई नै असर पुर्याएको धारणा राख्नु भयो ।
ध्रुबराज शर्मा
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…