नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व जिल्लामा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न रोल्पामा सम्पन्न गरिएको छ ।
समीक्षा कार्यक्रममा इन्सेक रोल्पा जिल्ला प्रतिनिधिले जिल्लाको समग्र मानव अधिकारको अवस्था र इन्सेकले एक वर्षमा गरेका घटनाहरूको सार्वजनिकीकरण गर्नुभएको थियो । इन्सेक रोल्पाको विगत एक वर्षको अभिलेख अनुसार जिल्लामा अभिलेखीकरण भएका घटनाहरू जसमा हत्याका चार ओटा, यौन दुर्व्यवहारका चार ओटा, घाइतेका एक ओटा, बालविवाहका एक ओटा र घरेलु हिंसाका ५२ ओटा घटनाहरू रहेका छन् ।
यस्तै जिल्ला कारागार कार्यालय रोल्पाका कार्यालय प्रमुख यामलाल वली, जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोहित कुमार शाही, मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाका कोषाध्यक्ष सुभद्रा रेग्मी, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष खुविना सुनारी मगर लगायत जिल्ला स्थित अधिकारकर्मी,सञ्चालकर्मीहरुको उपस्थिति रहेको थियो ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी खिमबहादर रायमाझीले जिल्लामा हुने मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा सम्पूर्ण निकाय ऐकबद्ध भएर लाग्नु पर्ने बताउनु भयो । उहाँले साथै सार्वजनिक गरिएका मध्यका केही घटनाहरू छुट्न गएकोमा त्यस्ता घटनालाई पनि पुनः सङ्कलित गरी इन्सेकको वर्ष पुस्तकमा समावेश गर्नुपर्ने बताउनु भयो । वर्ष पुस्तकमा रोल्पाको उपस्थिति मजबुत हुन पर्ने समेत उहाँले उल्लेख गर्नुभयो ।
यस्तै कार्यक्रमका अध्यक्ष समेत रहेका इन्सेक साधारण सदस्य घनस्याम आचार्यले इन्सेकको बारेमा समेत जानकारी गराउँदै जिल्लाभर भएको मानव अधिकार उल्लङ्घनका घटनाहरू सङ्कलनमा सहजीकरण गरी सहयोग गर्न सम्पूर्ण सहभागिहरूलाई आग्रह गर्नुभयो । कार्यक्रममा सहभागिहरूले समीक्षामा राखिएका मानव अधिकार उल्लङ्घनका घटनाको सन्दर्भमा आ–आफ्ना धारणा राखेका थिए ।
तिलक घर्तिमगर
सम्बन्धित इन्सेक गतिविधिहरू
घोडाघोडी नगरस्तरीय मानव अधिकार समूहको साधारण सभा सम्पन्न
घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समूहको साधारण सभा ०८१ चैत ११ गते सुख्डमा सम्पन्न भएको छ । नगरस्तरीय मानव अधिकार समूहको प्रथम साधारण सभाबाट मानव अधिकार समूहको अध्यक्षमा आशा परिवार, उपाध्यक्षमा…
सत्य र न्यायको अधिकार सुनिश्चित गर्न द्वन्द्वपीडितको माग
सत्य र न्यायको अधिकार सुनिश्चित गर्न बाँकेका द्वन्द्वपीडित र अधिकारकर्मीहरूले द्वन्द्वपीडित महिला राष्ट्रिय संजालका कोषाध्यक्ष चन्द्रकला उप्रेतीको अध्यक्षतामा सङ्क्रमणकालीन न्यायको पछिल्लो अवस्था, पीडितको न्यायमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया ०८१ चैत…
वातावरण संरक्षणसम्बन्धी सडक नाटक प्रर्दशन
इन्सेकद्वारा गठित सूर्यज्योति प्रगतिशील बाल अधिकार समूह बराहताल गाउँपालिका–७, लामाखालीको आयोजना, बराहताल मानव अधिकार समूह र सूर्यज्योति माध्यामिक विद्यालयको समन्वयमा ०८१ चैत्र १० गते बराहताल गाउँपालिका–७, लामाखालीमा वातावरण संरक्षणसम्बन्धी सडक…
मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार समूहको विगत ६ महिनामा सम्पन्न गरिएका कामको समीक्षा र प्रभावकारी परिचालन गर्ने उद्देश्यले राप्ती सोनारी गाउँपालिका स्तरीय मानव अधिकार समूहको छलफल कार्यक्रम…
जातीय विभेद उन्मुलन दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
इन्सेका लगाएत गैरसरकारी संस्थाको आयोजनामा जाजरकोटमा अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा सरोकारवालाहरूसँग जातीय उन्मुलनमा हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जाजरकोट सदरमुकाममा जातीय विभेद उन्मुलन दिवस…