नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा ०८१ पुस ४ गते सम्पन्न भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा सरोकारवालाबीच जिल्लामा भएका मानव अधिकार उल्लङ्घनका घटनाको विषयमा छलफल तथा समीक्षा सम्पन्न भएको हो ।
जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी जालन्धर भुसालले मावन अधिकार प्रर्वद्धनमा इन्सेकले खेलेको भूमिकाको प्रशंसा गर्दै थप प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा पनि प्रहरी प्रशासन सहित सरोकारवालासँग समन्वय गरेर मानव अधिकार रक्षाका लागि काम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक केशव केसीले घटनाको अवस्था र प्रकृति हेरेर घटनासँग सम्वन्धित व्यक्तिको गोपनियतामा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले जिल्लामा रहेका मानव अधिकारकर्मी तथा पत्रकार उक्त विषयमा संवेदनशिल रहेको र आगामी दिनमा पनि ध्यान दिनुपर्ने बताउनु भयो ।
इन्सेकले सन् २०२४ अवधिमा सङ्कलन गरेको घटनाहरू हत्या घटना दुई ओटा, बलात्कार घटना आठ ओटा, सबै प्रकारको जातीय विभेद घटना एक ओटा र घरेलु हिंसाका घटना ३६ ओटा घटना इन्सेक ले सङ्कलन गरी कार्यक्रमा इन्सेक जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेले प्रस्तुत गर्नुभएको थियो ।
रविन्द्र पाण्डे
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहद्वारा वडालाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशद्वारा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहले कपिलवस्तु नगरपालिकाका-१ का वडा अध्यक्ष जाहिंद खानलाई फाल्गुन १ गते ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार…
बाल अधिकार सचेतना समूहद्वारा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित श्री हिरा फेक्नी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८१ माघ २४ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ ।…
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक चयन
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङलाई सदस्यमा चयन गरिएको छ । सञ्जालको सदस्यमा इन्सेक ताप्लेजुङ, प्रतिनिधि एलिना दियाली चयन हुनु भएको हो । जिल्ला प्रहरी…
अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य होः मुख्य न्यायाधीश भट्टराई
उच्च अदालत सुर्खेतका कामयम मुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले सार्वजनिक सरोकारका विषयमा अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य रहने बताउनुभएको छ । ०८१ माघ ३० गते अनौपचारिक क्षेत्र सेवा…
मानव अधिकार तथा वातावरण अधिकार समूहको प्रदेशस्तरी बैठक सम्पन्न
अनौपचारिक क्षत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोनामा मानव अधिकार तथा वातावरण अधिकार समूहकोे प्रदेशस्तरी बैठक ०८१ माघ ३० गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेस…