नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

  ०८१ मङ्सिर २५ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व सिन्धुपाल्चोकमा वार्षिक समीक्षा कार्यक्रम ०८१ मङ्सिर २५ गते सम्पन्न भयो ।

कार्यक्रममा इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिले सन् २०२४ मा सङ्कलन भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।

चौतारा सागाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाकोे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिन्धुपाल्चोक जिल्लामा वर्ष भरि भएका ९१ ओटा घटना प्रस्तुत भएको थियो । प्रस्तुत घटनामा ब्यक्ति हत्या सात ओटा, कुटपिट तथा ज्यानमार्ने उद्योग तीन ओटा, बलात्कार २४ ओटा, बलात्कार प्रयास पाँच ओटा, यौन दुर्व्यवहार तीन, घरेलु हिंसा ५७ ओटा, बहु विवाह एक, जातिय बिभेद एक, जेल तथा कारागारमा भएका घटना दुई रहेको थियो ।

1 (4)

मानव अधिकार दिवसको सन्दर्भमा आयोजित समीक्षा कार्यक्रमका प्रमुख अतिथि चौतारा सागाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले मानव अधिकारको क्षेत्रमा इन्सेकले उल्लेख्य भूमिका निर्वाह गरेको बताउँदै मानव अधिकारको संरक्षणका लागि इन्सेकसँग नगरपालिकाले सँधै सहकार्य गर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमखु पदमनाथ नेपाल, चौतारा सागाचोकगढी नगरपालिका उपप्रमुख सीता थापा, साहायक प्रमखु जिल्ला अधिकारी गणेश नेपाली, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सन्तोष खड्का, जिल्ला अदालतका श्रेस्तेदार प्रेमप्रसाद पौडेल, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाई, नेपाली कांग्रेस जिल्ला सचिव बिलबहादुर तामाङ, नेकपा (एमाले) का पूर्व जिल्ला सचिव रामचन्द्र बस्नेत, नेकपा (माओवादी) केन्द्रका जिल्ला सदस्य मिना नेपाल नेपाल पत्रकार महासङ्घका केन्द्रीय पार्षद ज्ञानेन्द्र तिमल्सीना, नेपाल वार इकाइका जिल्ला अध्यक्ष भूपेन्द्रबहादुर थिङ, गैरसरकारी सस्था महासङ्घका जिल्ला सदस्य रिना श्रेष्ठ लगायतले मन्तब्य राख्नुभएको थियो ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष मानव अधिकारसँग सम्वन्धित घटनाहरूमा बृद्धि भएकोले मानव अधिकार सम्बन्धी सचेतना कार्यक्रममा जोड दिनुपर्ने सरोकारवालाहरूको निकर्ष छ ।

3 (2) 2 (3)

नातिबावु धिताल