नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को पूर्व समीक्षा तथा ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको कार्यक्रम धादिङबेसीमा सम्पन्न भयो ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्र, नेपाल पक्ष भएका सन्धी सम्झौता र नेपालको मौलिक हक अनुसार नागरिकले आफ्नो हक अधिकारको प्रत्याभूति गर्न पाउनु पर्ने जिल्ला समन्वय समितिका उपप्रमुख कूलमान विश्वकर्माले बताउनुभयो ।
सबै नागरिकले सामाजिक साँस्कृतिक र वातावरणीय न्याय पाउनु पर्ने र सरकारले पुरा गर्नका लागि लाग्नु पर्ने बताउँदै उपप्रमुख विश्वकर्माले जनताले पेटभरी खानप पाउने अधिकारमात्र नभएर सम्मानपूर्वक बाँच्ने अधिकार सरकारले सुनिश्चित गर्नु पर्ने बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले सरकारले संरक्षण गर्न खोज्दा खोज्दै मानव अधिकारको हनन् हुने गरेकोले कमजोरी सच्याएर सरकारी पक्ष अघि बढ्ने बताउनुभयो । मौलिक हक मानव अधिकारको रुपमा रहेकोले कानुन बनाएर मानव अधिकारको प्रत्याभुति गर्नु पर्नेमा जोड दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपि दिपेन्द्र शाहीले मानव अधिकारको संरक्षणमा प्रहरीले काम गरिरहेको बताउँदै जात धर्म, वर्णको आधारमा समाजमा क्लेस फैलाउनेलाई नियन्त्रण गरेर नेपाल प्रहरीले सबै नागरिकको सम्मान, परिपूर्ति र जिवन रक्षाका लागि काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा गैसस महासंघका अध्यक्ष शालिकराम दुवाडी, दलित सेवा संघका अध्यक्ष श्याम मगराती, महिला मानव अधिकारकर्मी गायत्री खतिवडा लगायतले महिला, दलित, जानजाती जनताको अधिकार सुनिश्चित गरेर मानव अधिकारको रक्षा गर्नु पर्ने बताउनुभएको छ ।
मानव अधिकार वर्ष पुस्तक २०२५ को पूर्वसमीक्षामा कार्यक्रममा इन्सेक जिल्ला अप्रतिनिधि सीताराम अधिकारीले ६६ ओटा घटनामा ६० जना महिला र सात जना पुरुष पीडित भएको तथ्यांक प्रस्तुत गर्नुभयो ।
वर्षभरीमा धादिङ कारागारमा एक जनाको मृत्यु, हत्या घटनामा ५ जना, एक स्थानहदको घटनामा २ जना, बालिका बलात्कारमा १७ जना बालिका, बालयौन दुरुपयोगमा २ जना, महिला बलात्कार घटनामा १० जना, बलात्कार प्रयास घटनामा २ जना, घरेलु हिंसामा २२ जना, बहुविवाहमा १ जना, बालक अपहरणमा १ जना, आत्महत्या दुरुत्साहनमा २ जना र अपांगता अधिकार उल्लंघनमा १ जना पीडित भएको इन्सेकले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
सीताराम अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
छत्रेश्वरी गाउँपालिका–१, काल्चेमा बस्दै आउनुभएकी ३६ वर्षीया सुस्मीता थापालाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ चैत १२ गते आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जानको लागि आर्थिक सहयोग गरेको छ…
घोडाघोडी नगरस्तरीय मानव अधिकार समूहको साधारण सभा सम्पन्न
घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समूहको साधारण सभा ०८१ चैत ११ गते सुख्डमा सम्पन्न भएको छ । नगरस्तरीय मानव अधिकार समूहको प्रथम साधारण सभाबाट मानव अधिकार समूहको अध्यक्षमा आशा परिवार, उपाध्यक्षमा…
सत्य र न्यायको अधिकार सुनिश्चित गर्न द्वन्द्वपीडितको माग
सत्य र न्यायको अधिकार सुनिश्चित गर्न बाँकेका द्वन्द्वपीडित र अधिकारकर्मीहरूले द्वन्द्वपीडित महिला राष्ट्रिय संजालका कोषाध्यक्ष चन्द्रकला उप्रेतीको अध्यक्षतामा सङ्क्रमणकालीन न्यायको पछिल्लो अवस्था, पीडितको न्यायमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया ०८१ चैत…
वातावरण संरक्षणसम्बन्धी सडक नाटक प्रर्दशन
इन्सेकद्वारा गठित सूर्यज्योति प्रगतिशील बाल अधिकार समूह बराहताल गाउँपालिका–७, लामाखालीको आयोजना, बराहताल मानव अधिकार समूह र सूर्यज्योति माध्यामिक विद्यालयको समन्वयमा ०८१ चैत्र १० गते बराहताल गाउँपालिका–७, लामाखालीमा वातावरण संरक्षणसम्बन्धी सडक…
मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार समूहको विगत ६ महिनामा सम्पन्न गरिएका कामको समीक्षा र प्रभावकारी परिचालन गर्ने उद्देश्यले राप्ती सोनारी गाउँपालिका स्तरीय मानव अधिकार समूहको छलफल कार्यक्रम…