नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेहृथुमको आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक तेहृथुम जिल्ला प्रतिनिधिले २०२४ को जनवरीदेखि डिसेम्वर ३ सम्म इन्सेकले अभिलेख गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाको विवरण र मानव अधिकारको अवस्थाको बारेमा जानकारी गराउनु भएको छ ।
जिल्लामा ०८० पुस १७ गतेयता ५७ ओटा मानवअधिकार उल्लङ्घनका घटना अभिलेख गरिएकोमा ५७ जना पीडित भएको इन्सेक अभिलेखमा उल्लेख भएकोे ससीक्षा कार्यक्रममा प्रस्तुत गरिएको छ । यस वर्ष अभिलेख गरिएका ५७ ओटा घटनामा सबै गैर राज्य पक्षबाट पीडित भएका छन् ।
बालिका बलात्कार पाँच, महिला बलात्कार तथा बलात्कारको प्रयास पाँच, घरेलु हिंसा ४०, हत्या चार, भौतिक संरचना क्षति एक र वहुविवाहका दुई ओटा घटना रहेको इन्सेक प्रतिनिधिले जानकारी गराउनु भएको छ ।
३५ जना क्षमता भएको जिल्ला कारागारमा पाँच महिला, एक जना बालक गरी जम्मा ९७ जना कैदीबन्दी राख्नु मानवअधिकारको उल्लङ्घन भएको समीक्षा कार्यक्रममा चर्चा गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मीना अर्यालले प्रशासन कार्यालयले अपाङ्ता भएका नागरिकहरुलाई घरघरमै गएर नागरिकता प्रदान गरी मानवअधिकारको क्षेत्रमा काम गरेको विषयलाई अभिलेखमा राख्न इन्सेकलाई सुझाव दिनुभयो ।
जिल्लामा भएका विकास निर्माणको क्षेत्रमा भएका ढिलासुस्तीका कारण नागरिकहरुले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दे रोकिएका विकास निर्माणका कार्य सुरु गर्न प्रशासनले देखाएको चासो र कदमको बारेमा समेत इन्सेकले अभिलेखमा राख्नुपर्ने लगायतका सुझाव दिनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी विक्रम लिम्बूले सम्बन्ध विच्छेदका सबै घटनाहरु वास्तवितामा नभई कुनै निश्चित उपलब्धि प्राप्तिका लागि केही समय सम्बन्ध विच्छेद कागजी रुपमा मात्रै हुने गरेकाले तथ्याङ्कमा देखिएजस्तो सम्बन्ध बिच्छेदका घटना बढी नभएको बताउनु भयो ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख देउप्रकाश तामाङले कार्यक्रममा बोल्दै इन्सेकले मानव अधिकार उल्लङ्घनको मात्रै अभिलेख नराखी शिक्षा, स्वास्थ, रोजगार लगायतका मानव अधिकारका विषय उठान गर्नुपर्ने बताउनु भयो ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख निशा कुसुम पौडेलले प्रहरी कार्यालय र अदालतको तथ्याङ्मा यस्ता घटनाहरुको सङ्ख्यामा फरक हुने बताउनुभयो । प्रहरीमा दर्ता भएका सबै घटनाहरु सरकारी वकिल कार्यालय सम्म आइनपुग्ने कतिपय प्रहरीमै मिल्ने भएकाले पनि तथ्याङ्क फरक पर्ने भएकाले वर्ष पुस्तक प्रकाशन पूर्व अदालत र प्रहरीको तथ्याङ्कको छुट्टाछुट्टै अभिलेख राख्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
अधिकारकर्मी तुलसा अधिकारीले इन्सेकको अभिलेखमा भए भन्दा घरेलु हिंसाका घटनाहरु बढी भएको हुनसक्ने भन्दै प्रहरी, न्यायिक समिति, महिला अधिकारका क्षेत्रमा कार्यरत सस्थाहरुसँग समेत समन्वय गरेर तथ्याङ्क लिनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोसन कामती, पूर्व इन्सेक प्रतिनिधि भगिश्वर लिम्बू, निमित्त निर्वाचन अधिकारी दीपक भण्डारी, नेपाल पत्रकार महासंघ सदस्य डिकेन्द्र बराल, नेपाल रेडक्रस सोसाइटी, जागृती बाल तथा युवा सरोकार, एमनेष्टी इन्टरनेशनले, मानव अधिकार समूहका प्रमुख प्रतिनिधि र पत्रकारहरूको सहभागिता थियो ।
जिल्ला प्रशासन कार्यालय तेहृथुमको सभाहलमा प्रमुख जिल्ला अधिकारी मीना अर्यालको अध्यक्षतामा समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।
सुरेश खत्री
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…