नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ओखलढुङ्गाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर १९ गते सम्पन्न गरिएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा करिब १२ महिनाको अवधिमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा गरिएको हो ।
जिल्लामा सन् २०२४ को जनवरी १ देखि डिसेम्बर ३ सम्म मानव अधिकार उल्लङघन तथा ज्यादतीका ६१ ओटा घटनामा ६२ जना पीडित भएको इन्सेकको अभिलेखमाथि समीक्षा गरिएको छ ।
यस अवधिमा घरेलु हिंसा २५, बलात्कार २४, यौन दुव्र्यवहारका दुई, हत्याका पाँच, कुटपिट र यातनाका तीन, आत्महत्या दुरुत्साहनका एक र जातीय विभेदको एक गरि ६१ ओटा मानव अधिकार उल्लङ्घनका घटना अभिलेख भएको इन्सेकले जनाएको छ ।
मानव अधिकार उल्लङ्घनका घटनामा सबैभन्दा धेरै महिला पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ । ६१ ओटा घटनामध्ये चार जना मात्रै पुरुष पीडित छन भने बाँकी घटनामा ४४ जना महिला, १० जना बालिका र चार जना बालका पीडित छन् ।
समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डाक्टर नारायण ढकालले मानव अधिकारको क्षेत्रमा इन्सेकले गर्दै आएको काम सहृानीय भएको बताउनु भयो । इन्सेकको दायरालाई फराकिलो बनाएर घटनालाई उजागर गर्नेसँगै न्यायिक निकायसम्म घटनाहरूलाई पुर्याउन थप सहयोग गर्नुपर्ने उहाँले धारणा राख्नुभयो ।
कार्यक्रममा सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले प्रहरी र अदालतसम्म नपुगेको घटनाहरुलाई न्यायिक निकायसम्म पुर्याउन इन्सेकको अभियानमा सबै जुट्नुपर्ने बताउनु भयो ।
नगरपालिकाले मानवअधिकार संरक्षणको क्षेत्रमा काम गरिरहेको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भयो ।
कार्यक्रममा सिद्धिचरण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत निलकण्ठ विश्वकर्माले इन्सेकको प्रतिवेदनले नगरपालिका र समग्र जिल्लाको मानव अधिकारीको अवस्था जानकारी हुने भएकाले त्यसै अनुसार नीति तथा कार्यक्रम बनाएर काम गर्न सहज भएको बताउनु भयो ।
पीडितको मानव अधिकार हनन् नहोस भन्ने किसिमले आफूहरुले काम गरिरहेको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता विश्वास सुनुवारले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजय कार्कीले मानव अधिकारको सुनिश्चितताको लागि प्रहरीले निरन्तर भूमिका खेलिरहेको बताउनु भयो ।
कतिपय घटना प्रहरीसम्म आइनपुग्ने भएकाले समाजमा लुकेर रहेका मानव अधिकार उल्लङ्घनका घटना प्रहरी र न्यायिक निकायसम्म पुर्याउन सबैको प्रयास आवश्यक रहने उहाँले बताउनु भयो ।
ओखलढुङ्गा जिल्ला अदालत अदालतका तहसिलदार कल्याण खड्काले आफूहरु मानव अधिकारको संरक्षणको लागि प्रतिवद्ध रहेको बताउँदै इन्सेकका काममा आवश्यक समन्वय गर्ने बताउनु भयो ।
उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाका शाखा अधिकृत कृष्णप्रसाद दाहालले जिल्लाको मानव अधिकार आवस्थाको बारेमा इन्सेक प्रतिवेदनबाट धेरै जानकारी प्राप्त भइरहेकाले आगामी दिनमा पनि घटनाको तथ्याङ्क सार्वजनिक गर्ने र खबरदारीमा पनि उत्तिकै जोड दिन आग्रह गर्नुभयो ।
समीक्षा कार्यक्रममा सहभागीहरुले आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारका सवालसँगै विकासका अधिकारलाई पनि समेट्न आवश्यक रहेको सुझाव दिएका छन् ।
समीक्षा कार्यक्रममा जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, नागरिक समाज,पत्रकार, मानव अधिकारकर्मी लगायतको सहभागिता थियो ।
सरस्वती बानिया
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…